२०८२ फाल्गुन ४
February 16, 2026, Monday

किरण एसियाको उत्कृष्ट १० खेलाडीको सूचीमा

२० चैत काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एएफसीकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका छन् ।

एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको एएफसी इन्टरनेसनल प्लेअर अफ दि विकमा किरणसहित १० खेलाडी मनोनयनमा परेका हुन् । यसरी मनोनयनमा पर्ने किरण नेपालकै पहिलो खेलाडी समेत बने ।

एएफसीले पछिल्लो भएका भएका खेलहरुमा गरेको प्रदर्शनका आधारमा यो सूची सार्वजनिक गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमबार सम्पन्न थ्री नेशन्स कपमा नेपालले उपाधि जित्दा किरण कप्तान थिए । उनको कप्तानीमा नेपालले पहिलो उपाधि जितेको थियो । जसमा तीन खेल खेल्दा किरणले दुई क्लिनसिट राखे भने एक गोल मात्र व्यहोरे । त्यही प्रदर्शनको आधारमा एएफसीले किरणलाई पनि मनोनयनमा राखेको जनाएको छ ।

बंगलादेश र किर्गिस्तानको यू-२३ टोली समावेश थ्री नेशन्स कपमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दै उपाधि जितेको थियो । यस्तै विराझ महर्जनले पनि यसै खेलपछि सन्यास लिए र उनको सन्यास पनि सुखद बन्यो ।

प्लेअर अफ दि विकको मनोनयनमा किरणसँगै ताजिकिस्तानका एलिसेर जाहालिलोभ, जोर्डनका मुसा अल तामारी, बहराइनका मोहमेद मरहुन, इराकका अला अली महावी, साउदी अरेवियाका सलेह अल सेहरी, इरानका सरदार अज्मोउन, जापानका युया ओसाका, कतारका मोहमेद मुन्तारी र यूएईका अली मब्खोतुन रहेका छन् ।

केही दिनअघि मात्रै किरण भारतको आइलिगमा उत्कृष्ट गोलकिपर घोषित भएका थिए । राउण्डग्लास पञ्जाबका लागि १४ खेल खेलेका उनले ७ खेलमा क्लिनसिट राखेका थिए ।

यस्तै उनी यस सिजनको आइ लिग टिम अफ दि सिरिजमा पनि पर्न सफल भएका छन् ।

एएफसीले मनोनयनमा परेका खेलाडीलाई मतदान गर्ने व्यवस्था समेत गरेको छ । त्यही भोटको आधारमा साताको उत्कृष्ट खेलाडीको विजेता चयन गरिनेछ ।

Related News

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७७ चैत्र २०

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

वेस्ट इन्डिजविरुद्ध नेपाल पहिला ब्याटिङ गर्दै
वेस्ट इन्डिजविरुद्ध नेपाल पहिला ब्याटिङ गर्दै
  • २०७७ चैत्र २०

कोशीपारी अनलाइन फागुन ३, काठमाण्डौं आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ...

टी–२० विश्वकप : दक्षिण अफ्रिकाको अफगानिस्तानमाथि रोमाञ्चक जित
टी–२० विश्वकप : दक्षिण अफ्रिकाको अफगानिस्तानमाथि रोमाञ्चक जित
  • २०७७ चैत्र २०

कोशीपारी अनलाइन माघ २८, काठमााण्डौं टी–२० विश्वकप अन्तर्गत आज भएको समूह चरणको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको...

TOP