२०८२ मंसिर १९
December 5, 2025, Friday

दशैं सम्बन्धि रोचक जानकारी

दशैं सम्बन्धि रोचक जानकारी

हिन्दु धर्मवलीहरुकालागी महान  चाड  दशैं का  केहि पुराना  तथ्यहरु  लाई केलाएर  हेर्दा विभिन्न  रोचक  जानकारी  हरु  प्राप्त  हुन्छन ।

१. दशैं मुख्यतः सामरिक चाड हो

समर /लडाइँ, काटमार र बलिसँग दशैं सम्बन्धित छ ।धर्मशास्त्र अनुसार सबैका आ–आफ्ना मुख्य चाड छन् । जस्तै ; ब्राह्मणको लागि जनैपूर्णिमा, क्षेत्रीको दशैं, वैश्यको लक्ष्मीपूजा र शुद्रको फागुपूर्णिमा ।

 

 

२. पुराना अभिलेख केलाएर हेर्दा नेपालमा दशैं मान्ने गरेको सन्दर्भ वि.सं १४३२ सम्म पुर्याउन सकिन्छ । कतिले पृथ्वीनारायण शाहपछि मात्र राज्यले संस्थागत रूपमा दशैं मनाउन थालेका हुन् भन्छन् । तर मल्ल राजाहरूले आफ्नो दरबारमा धूमधामसँग दशैं मनाएको प्रमाण प्रशस्त छन् ।

– यता लिच्छवीकालका अभिलेखमा दशैंको चर्चा खासै नआएको भएपनि वि.सं ५६० को राजा मानदेवकामे पालाको शिलालेखमा भगवतीको चर्चा गरिएको प्रमाण भेटिन्छ ।

– नेपाल संवत् ७९८ तदनुसार वि.सं. १७३५ को विजयादशमी तथा दशैंको टीकाको दिन मल्ल राजा नृपेन्द्र मल्ल र गोरखाली राजा पृथ्वीपति शाहले हनूमान्ढोका दरबारको मोहनचोकमा मीत लाएका थिए । यसबाट यी दुवै राजाले दशैंलाई कति महत्त्व दिन्थे भन्ने बुझिन्छ ।

– मल्लकालमा राजा र राज्य भनेको एकै थिए यसैले राजाले दशैं मनाउनु भनेको समग्र राज्यले नै दशैं मनाउनु हो । पृथ्वीनारायण शाह काठमाडौं आएपछि भने दशैंको फूलपातिले विशेष महत्त्व पायो । कर्मचारीलाई बिदा दिने, फौजलाई विशेष भत्ता वा दशैं खर्च दिने चलन सुरु भएको ईतिहास भेट्न सकिन्छ । त्यस पछि विस्तारै दशैं को महत्त्व नेपालि समाजमा बढ्न थाल्यो ।

३ ; महानवमीका दिन हतियार पूजा गर्नु भनेको अर्को राज्यमा आक्रमण जानका लागि तयारी गर्नु हो । मध्यकालमा वर्षा सकिएपछि शरद ऋतुमा खोलानाला सफा हुने भएकाले अर्को राज्यमा आक्रमण जाने चलन थियो । शरद ऋतुमा विजिगीषु राजाहरूले विजययात्रा गर्ने कुराको बयान काव्यहरूमा गरेको पाइन्छ । दशैं लाई यसरी हेर्दा राज्यविस्तार गर्ने उत्सवको रुपमा लिन सकिन्छ ।

यसै गरि दशैंका विभिन्न दिनमा क्रमशः हात्तीको पूजा गर्ने, घोडाको पूजा गर्ने प्रमाण पनि सातौं शताब्दी को ईतिहासमा भेटिन्छ ।

– ललितपुरका राजा श्रीनिवास मल्लको ने.सं. ७८६ तदनुसार वि.सं. १७२३ को एउटा सुवर्णपत्रमा उनले दरबारमा मूलचोक तयार पारी, त्यही चोकको बीचमा महानवमीको दिन आफ्नो इष्टदेवता यन्ताजुको पूजाको लागि मन्दिर बनाएको उल्लेख छ । त्यहाँ बर्सेनि महानवमीको पूजा चलाउनको लागि एक ठाउँको करबाट आउने रकम पनि श्रीनिवास मल्लले छुट्टायाए ।

४ मालश्री धुन हाम्रो प्राचीन संस्कृत वाङ्मयमै उल्लेख छ जसको गुन्जायज ले जो कोहीलाई पनि दशैंको अनुभूति गराईदिञ्छ । खासमा दशैं भनेको दशमी शब्दको अपभ्रंस र मोहनी भनेको महानवमीको अपभ्रंस हो ।

 

Related News

प्रधानन्यायाधीश राउतद्वारा थापाथलिमा छठीमाईको पूजा
प्रधानन्यायाधीश राउतद्वारा थापाथलिमा छठीमाईको पूजा
  • २०७८ आश्विन २६

कोशीपारी अनलाइन कात्तिक १०, काठमाण्डौं प्रधानन्यायाधीश प्रकाशमान सिहं राउतले थापाथलि पुगेर छठीमाईको पूजा गरेका छन् । सोमबार छठ पर्वको मुख्य...

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै
  • २०७८ आश्विन २६

कोशीपारी अनलाइन संवाददाता कात्तिक १०, काठमाण्डौं कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना...

सामाजिक समानताको पर्व छठ, बजारमा चहलपहल
सामाजिक समानताको पर्व छठ, बजारमा चहलपहल
  • २०७८ आश्विन २६

कोशीपारी अनलाइन कात्तिक ९, काठमाण्डौं रौतहट । रौतहट सहित तराई मधेसमा अझैपनि जातीय छुवाछूत कायम नै रहेको छ । तर...

TOP