२०८२ मंसिर २४
December 10, 2025, Wednesday

चिनारी हुम्लाको

चिनारी हुम्लाको

नेपालको हाल कर्णाली प्रदेशमा पर्ने अत्यन्तै दुर्गम उच्च हिमाली जिल्ला हो हुम्ला । हुम्ला जिल्ला पर्यावरणीय क्षेत्र तथा जलवायुको हिसावले हेर्दा पनि उच्च पहाडी, मध्य पहाडी र होचो नदीतट तथा बेंशी क्षेत्र गरी ३ भागमा विभाजन भएको हुँदा यहाँको जलवायुमा पनि सोही अनुसारको भिन्नता पाइन्छ ।

यस जिल्लाका २७ वटा गा.वि.स.हरु मध्ये वौद्ध धर्मालम्वीहरुको वसोवास रहेको गा.वि.स. हरुमा लिमि, मुचु, खगालगाँउ, हेप्का, वरगाँउ, सिमकोट, ठेहे गरी ७ वटा गा.वि.स. हरु रहेका छन भने अन्य गा.वि.स. हरुमा क्षेत्री जातीको वाहुल्यता रहेको छ । यस जिल्लामा हिन्दुहरुका प्रचलित मनिदरहरुमा खार्पूनाथ, महादेवल मन्दिर, लवासुर माडु, भगवती माडु आदि रहेका छन भने वौद्ध धर्मालम्वीहरुको गुम्वाहरुमा रलिङ्ग गुम्वा, याल्वाङ्ग गुम्वा, रिझिलिङ्ग गुम्वा आदि प्रमुख रुपमा रहेका छन् ।

राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको यो जिल्लाको विकासको प्रवेशद्धार अझै सम्म खुल्न सकेको छैन भन्न सकिन्छ । जिल्लामा उपलब्ध श्रोत साधनलाई प्रभावकारी ढंगले उपयोग गर्न गर्न सकिएको छैन । राज्यबाट भएको वहिष्करणको ब्यवहारको कारणले गर्दा यस जिल्लामा बसोबास गर्ने मानिसहरु स्वास्थ, शिक्षा र पोषण जस्ता आधारभूत आवश्यकताको परिपुर्तिबाट बञ्चित रहेका छन् ।

मुगु जिल्लासँग सिमा जोडिएको दक्षिणी भाग भन्दा तिब्बतसँग सिमा जोडिएको उत्तर पश्चिम भेगको स्थिति सापेक्षिक रुपमा राम्रो रहेको छ । यस जिल्लाको सदरमुकाम सिमकोट हो जुन नेपाकै अग्लो जिल्ला सद्दरमु काम हो र यसलाई तिब्बतको सिमासँग सडक यातायातले जोड्ने प्रयास गरिएको छ  भने नेपालको अन्य ठाउँबाट हुम्ला  पुग्ने साधन भनेको नेपालगञ्ज सिमकोट तथा सुर्खेत सिमकोटको हवाई मार्ग मात्र हो ।

हिम जलश्रोतको धनी जिल्लाको रूपमा रहेको हुम्ला नेपालको सबभन्दा लामो नदी कर्णाली तिब्बतबाट यारी नाका भएर प्रबेश गरी लगभग हुम्ला जिल्लालाई बीच पारेर बगेको छ ।साथै यहाँ १०० भन्दा बढी हिमालबाट हिउँ पग्लेर बग्ने स्थायी श्रोत भएका नदीहरू, २० भन्दाबढी प्राकृतिक रूपले रमणीय र साँस्कृतिक रूपले महत्त्वपूर्ण तालतलैया, मुल तथा झरनाहरू हुम्लाका वास्तविक परिचय हुन् ।

उत्तरमा चिन ,दक्षिन्मा बाजुरा ,पूर्वमा मुगु र पश्चिममा बजांग जिल्ला संग सिमाना जोडिएको जिल्ला हुम्लामा नेपाली र चिनिया मिस्रित भाषा सम्स्कृति र भेस भुषाले भरिएको छ। यातायात सेवा अझै सहज हुन नसकेको हुम्ला जिल्लामा मनै लोभ्याउने प्राकृतिक द्र्स्य हरु देख्न पाइन्छन्। तमाम जडीबुटी र भोक मेट्ने अन्न यहीँ छ भने सिंगो देशलाई सम्पन्न बनाउने पर्यटकीय स्थलहरू मनग्य रुपमा यहीँ छन् ।

हुम्लाको उत्तरी भेगमा पर्ने लिमि उपत्यका तिब्बती संस्कृतिका हिसाबले निकै प्रख्यात मानिन्छ भने । भौगोलिक रूपमा विकट कर्णाली प्रदेशको हुम्लास्थित टाँके भ्याली यस्तै पर्यटकीय स्थलमध्ये पर्छ । यहाँ एकपटक पुग्ने जोसुकैले पनि टाँकेका सुन्दर दृश्य भुल्न सक्दैन । सुन्दर र रमणीय हुँदाहुँदै पनि प्रचार–प्रसारको अभावमा यो भ्याली अझैसम्म पनि मूलधारको पर्यटकीय स्थल बन्न सकेको छैन ।

Related News

प्रधानन्यायाधीश राउतद्वारा थापाथलिमा छठीमाईको पूजा
प्रधानन्यायाधीश राउतद्वारा थापाथलिमा छठीमाईको पूजा
  • २०७८ आश्विन १८

कोशीपारी अनलाइन कात्तिक १०, काठमाण्डौं प्रधानन्यायाधीश प्रकाशमान सिहं राउतले थापाथलि पुगेर छठीमाईको पूजा गरेका छन् । सोमबार छठ पर्वको मुख्य...

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै
  • २०७८ आश्विन १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक १०, काठमाण्डौं कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना...

सामाजिक समानताको पर्व छठ, बजारमा चहलपहल
सामाजिक समानताको पर्व छठ, बजारमा चहलपहल
  • २०७८ आश्विन १८

कोशीपारी अनलाइन कात्तिक ९, काठमाण्डौं रौतहट । रौतहट सहित तराई मधेसमा अझैपनि जातीय छुवाछूत कायम नै रहेको छ । तर...

TOP