२०८२ फाल्गुन ४
February 16, 2026, Monday

कर्णाली प्रदेशको शान पर्यटकिय गन्तव्य हुम्ला(भिडियोसहित)

कर्णाली प्रदेशको शान पर्यटकिय गन्तव्य हुम्ला(भिडियोसहित)

नेपालका ७ ओटा प्रदेशमध्ये कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्ला भौगोलिक हिसाबले सबैभन्दा अति दुर्गम क्षेत्र हो । क्षेत्रफलको हिसाबले नेपालको दोस्रो ठूलो र जनघनत्वको हिसाबले सबैभन्दा कम जनघनत्वको दोस्रो श्रेणीमा पर्ने पर्ने जिल्ला हो । विकासको दृष्टिकोणबाट पनि अत्यन्तै पछि परेको यस जिल्लाको मानव विकास सूचकाकं भएका पाँच जिल्लामा पर्दछ । राष्ट्रिय सडक सञ्जालमा यहि बर्षबाट जोडिएको यस जिल्लामा उपलब्ध प्राकृतिक स्रोत साधनलाई अधिकतम उपयोग गर्न सकेको खण्डमा यस क्षेत्रको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र रोजगारीको विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।

जिल्लाको सदरमुकाम सिमकोट हो ।यसलाई नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको सदरमुकामको रुपमा पनि चिन्न सकिन्छ । सदरमुकामलाई तिब्बतको सिमासंग सडक यातायातले पनि जोडेको छ भने नेपालका अन्य ठाउँबाट यस जिल्लाको सदरमुकामका पुग्ने साधन भनेको नेपालगञ्ज सिमकोट तथा सिमकोट सुर्खेतको हवाई मार्ग हो । यस जिल्लाको जिविकापार्जनको मुख्य आधार भने खेतिपाती र पशुपालन हो । प्रमुख नगदेबालीहरु कोदो, फापर,चिनो, मकै, धान, कागुनो,उवा जिल्लाको प्रमुख बाली हुन् ।

जडिबुटीको प्रचुर खानीको रुपमा परिचित हुम्लाका अधिकांश स्थानहरुमा यार्सागुम्बा, पाँचऔले, चिराईतो, तितेपाती, कटुकी, विष, गुच्ची च्याउ, उतिस, मजेठो, पदमचाल, लौंठसल्ला, चुत्रो, बेथे, किमकाु साथै जटामसी जस्ता बहुमुल्य जडिबुटीहरु पाईन्छ । विशेषगरी यहाँका उच्च हिमाली भेगलाई जडिबुटीकै खानीको रुपमा लिन सकिन्छ । राष्ट्रिय सडकमा जोडिएसंगै यहाँ भएका साधन स्रोतलाई सहि तथा प्रभावकारी ढंगले उपयोग गर्न सकेको खण्डमा प्रर्यटनको समेत प्रचुर सम्भावना देखिन्छ ।

भौगोलिक अवस्था हेर्दा यो जिल्ला २९ ३५ देखि ३० ५७ उत्तरी अक्षांश र ८१ १८ देखि ८२ १० मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । कुल ५,६५५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो जिल्ला डोल्पापछिको दोस्रो ठूलो क्षेत्रफल भएको जिल्ला हो । हुम्ला समुन्द्र सतहबाट १,५२४ मिटरदेखि ७,३३७ मिटरको उचाईमा अवस्थित छ । यस जिल्लाको पूर्वमा मुगु,दक्षिमा बाजुरा र मुगु, उत्तरमा चिनको स्वसासित क्षेत्र तिब्बत र पश्चिमा बझागं र चिनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । भौगोलिक क्षेत्र र बनोटको हिसाबले हेर्दा यस जिल्लालाई उच्च हिमाली क्षेत्र, उच्च पहाडी क्षेत्र र पहाडी तथा नदिको बेँशी क्षेत्र गरि ३ भागमा बाँडिएको छ ।

प्रशासनिक हिसाबले हेर्दा कर्णाली प्रदेश अन्तर्गत पर्ने यो जिल्ला ७ ओटा गाँउपालिकामा विभाजित छ । यस जिल्लामा संघिय निर्वाचन प्रणाली अनुसार एक र निर्वाचन क्षेत्र अन्तर्गत २ ओटा निर्वाचन क्षेत्र रहेका छन् । यस जिल्लाको सदरमुकाम सिमकोट समुन्द्री सतहदेखि २९४५ मिटर उचाईमा अवस्थित छ । यस जिल्लामा रहेका गाँउपालिकाहरु क्रमश।अदानचुली, खार्पुनाथ,चंखेवा, ताँजाकोट, नाम्खा, सर्केगाड । सिमकोट हुन् ।

जातिगत हिसाबले हेर्दा यस जिल्लाको माथिल्लो भेगमा भोटे जाति र तल्लो भेगमा क्षेत्री र ठकुरी जातिको बाहुल्यता रहेपनि ब्रामण दलित लगायतको बस्ती पनि रहेको छ । भोटे जातिहरुको पूमुख धर्म बौध रहेको छ भने त्यहाँ रहेका अन्य जातिहरुको धर्म हिन्दू हो । राष्ट्रिय जनगणना २०६८ सालको तथ्यांक अनुसार यस जिल्लाको कुल जनसंख्या ५०,८५८ मध्ये पुरुषको जनसंख्या २५,८३३ र महिलाको २५,०२५ रहेको छ ।

पर्यटकीय स्थलहरु
यस जिल्लामा पर्यटकहरुका लागि थुप्रै लोभलाग्दा गन्तब्यहरु रहेका छन् । यहाँका प्रमुख धार्मिक ऐतिहासिक एवम पर्यटकीय स्थलहरु खार्पुनाथ मन्दिर, रिन्चेलिंग गुम्बा, तिब्बतको मानसरोवर र कैलाश पर्वत पुग्ने प्रमख मार्ग, कर्णाली जलविहार, पञ्चमुखि दुधकुण्ड साथै तातोपानीका मुहानहरु हुन् । जिल्लामा रहेका प्रमुख नदिनाला भने कर्णाली, चुवाखोला, गोठीखोला, हनुमानेखोला, कारगंखोला, टाक्चीखोला, कुमुचियाखोला, टाके खोला,हेप्का खोला र डोजाम खोला हुन् । यस क्षेत्रमा घुम्न आउनेहरुका लागि हुम्लाका अधिकांश स्थानहरुमा सडक विस्तारले गर्दा यातायातको सुविधा रहेको छ भने बसाईका लागि आजकल सुविधासम्पन्न होटल तथा होमस्टेको राम्रो ब्यवस्था रहेको छ ।

साक्षरताको अवस्था
यहाँको शैिक्षक स्तर अत्यन्तै नाजुक रहेको छ । त्यसैले यहाँका अधिकांश बालबालिकाहरु अझैपनि शिक्षाको पहँचमा आउन सकेका छैन् । साक्षारताको स्तर कमजोर भएकै कारण सबै हिसाबले यहाका मानिसहरु पछि परेका छन् ।

यहाँ उपलब्ध जडिबुटी, खनिज लगायत प्राकृतिक स्रोत साधनको उत्पादन तथा बजारीकरण गर्न सकेमा यस क्षेत्रको भौतिक, सामाजिक, आर्थिक, शैिक्षक साथै सांस्कृतिक विकास र प्रवर्धन गर्न सकिन्छ । सरकारले पनि यस क्षेत्रकै लागि भनेर विशेष योजना र बजेट विस्तार गर्न सकेमा भने अवश्य पनि जिल्लाको मात्र नभई समग्र कर्णालीको विकास र देशकै पहिचानको रुपमा स्थापित गर्न गराउन सम्बधित सबैको ध्यान जानु आवश्यक छ ।

 

Related News

ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने
ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने
  • २०७८ आश्विन १३

कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी नगर प्रमुख सुनिता डंगोलले ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड...

जापानमा सोनाम ल्होछार २०२६ कोअवसरमा ल्होछार सांगीतिक साँझ आयोजना हुँदै, तयारी पूरा
जापानमा सोनाम ल्होछार २०२६ कोअवसरमा ल्होछार सांगीतिक साँझ आयोजना हुँदै, तयारी पूरा
  • २०७८ आश्विन १३

कोशीपारी अनलाइन माघ ६ कावागुची, जापानसोनाम ल्होछार २०२६ को सुखद अवसरमा चौरीदेउराली सम्पर्क समाज काभ्रे, जापान को आयोजनामा भव्य ल्होछार...

प्रधानन्यायाधीश राउतद्वारा थापाथलिमा छठीमाईको पूजा
प्रधानन्यायाधीश राउतद्वारा थापाथलिमा छठीमाईको पूजा
  • २०७८ आश्विन १३

कोशीपारी अनलाइन कात्तिक १०, काठमाण्डौं प्रधानन्यायाधीश प्रकाशमान सिहं राउतले थापाथलि पुगेर छठीमाईको पूजा गरेका छन् । सोमबार छठ पर्वको मुख्य...

TOP