नेपालका ७ ओटा प्रदेशमध्ये कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्ला भौगोलिक हिसाबले सबैभन्दा अति दुर्गम क्षेत्र हो । क्षेत्रफलको हिसाबले नेपालको दोस्रो ठूलो र जनघनत्वको हिसाबले सबैभन्दा कम जनघनत्वको दोस्रो श्रेणीमा पर्ने पर्ने जिल्ला हो । विकासको दृष्टिकोणबाट पनि अत्यन्तै पछि परेको यस जिल्लाको मानव विकास सूचकाकं भएका पाँच जिल्लामा पर्दछ । राष्ट्रिय सडक सञ्जालमा यहि बर्षबाट जोडिएको यस जिल्लामा उपलब्ध प्राकृतिक स्रोत साधनलाई अधिकतम उपयोग गर्न सकेको खण्डमा यस क्षेत्रको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र रोजगारीको विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।
जिल्लाको सदरमुकाम सिमकोट हो ।यसलाई नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको सदरमुकामको रुपमा पनि चिन्न सकिन्छ । सदरमुकामलाई तिब्बतको सिमासंग सडक यातायातले पनि जोडेको छ भने नेपालका अन्य ठाउँबाट यस जिल्लाको सदरमुकामका पुग्ने साधन भनेको नेपालगञ्ज सिमकोट तथा सिमकोट सुर्खेतको हवाई मार्ग हो । यस जिल्लाको जिविकापार्जनको मुख्य आधार भने खेतिपाती र पशुपालन हो । प्रमुख नगदेबालीहरु कोदो, फापर,चिनो, मकै, धान, कागुनो,उवा जिल्लाको प्रमुख बाली हुन् ।
जडिबुटीको प्रचुर खानीको रुपमा परिचित हुम्लाका अधिकांश स्थानहरुमा यार्सागुम्बा, पाँचऔले, चिराईतो, तितेपाती, कटुकी, विष, गुच्ची च्याउ, उतिस, मजेठो, पदमचाल, लौंठसल्ला, चुत्रो, बेथे, किमकाु साथै जटामसी जस्ता बहुमुल्य जडिबुटीहरु पाईन्छ । विशेषगरी यहाँका उच्च हिमाली भेगलाई जडिबुटीकै खानीको रुपमा लिन सकिन्छ । राष्ट्रिय सडकमा जोडिएसंगै यहाँ भएका साधन स्रोतलाई सहि तथा प्रभावकारी ढंगले उपयोग गर्न सकेको खण्डमा प्रर्यटनको समेत प्रचुर सम्भावना देखिन्छ ।
भौगोलिक अवस्था हेर्दा यो जिल्ला २९ ३५ देखि ३० ५७ उत्तरी अक्षांश र ८१ १८ देखि ८२ १० मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । कुल ५,६५५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो जिल्ला डोल्पापछिको दोस्रो ठूलो क्षेत्रफल भएको जिल्ला हो । हुम्ला समुन्द्र सतहबाट १,५२४ मिटरदेखि ७,३३७ मिटरको उचाईमा अवस्थित छ । यस जिल्लाको पूर्वमा मुगु,दक्षिमा बाजुरा र मुगु, उत्तरमा चिनको स्वसासित क्षेत्र तिब्बत र पश्चिमा बझागं र चिनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । भौगोलिक क्षेत्र र बनोटको हिसाबले हेर्दा यस जिल्लालाई उच्च हिमाली क्षेत्र, उच्च पहाडी क्षेत्र र पहाडी तथा नदिको बेँशी क्षेत्र गरि ३ भागमा बाँडिएको छ ।
प्रशासनिक हिसाबले हेर्दा कर्णाली प्रदेश अन्तर्गत पर्ने यो जिल्ला ७ ओटा गाँउपालिकामा विभाजित छ । यस जिल्लामा संघिय निर्वाचन प्रणाली अनुसार एक र निर्वाचन क्षेत्र अन्तर्गत २ ओटा निर्वाचन क्षेत्र रहेका छन् । यस जिल्लाको सदरमुकाम सिमकोट समुन्द्री सतहदेखि २९४५ मिटर उचाईमा अवस्थित छ । यस जिल्लामा रहेका गाँउपालिकाहरु क्रमश।अदानचुली, खार्पुनाथ,चंखेवा, ताँजाकोट, नाम्खा, सर्केगाड । सिमकोट हुन् ।
जातिगत हिसाबले हेर्दा यस जिल्लाको माथिल्लो भेगमा भोटे जाति र तल्लो भेगमा क्षेत्री र ठकुरी जातिको बाहुल्यता रहेपनि ब्रामण दलित लगायतको बस्ती पनि रहेको छ । भोटे जातिहरुको पूमुख धर्म बौध रहेको छ भने त्यहाँ रहेका अन्य जातिहरुको धर्म हिन्दू हो । राष्ट्रिय जनगणना २०६८ सालको तथ्यांक अनुसार यस जिल्लाको कुल जनसंख्या ५०,८५८ मध्ये पुरुषको जनसंख्या २५,८३३ र महिलाको २५,०२५ रहेको छ ।
पर्यटकीय स्थलहरु
यस जिल्लामा पर्यटकहरुका लागि थुप्रै लोभलाग्दा गन्तब्यहरु रहेका छन् । यहाँका प्रमुख धार्मिक ऐतिहासिक एवम पर्यटकीय स्थलहरु खार्पुनाथ मन्दिर, रिन्चेलिंग गुम्बा, तिब्बतको मानसरोवर र कैलाश पर्वत पुग्ने प्रमख मार्ग, कर्णाली जलविहार, पञ्चमुखि दुधकुण्ड साथै तातोपानीका मुहानहरु हुन् । जिल्लामा रहेका प्रमुख नदिनाला भने कर्णाली, चुवाखोला, गोठीखोला, हनुमानेखोला, कारगंखोला, टाक्चीखोला, कुमुचियाखोला, टाके खोला,हेप्का खोला र डोजाम खोला हुन् । यस क्षेत्रमा घुम्न आउनेहरुका लागि हुम्लाका अधिकांश स्थानहरुमा सडक विस्तारले गर्दा यातायातको सुविधा रहेको छ भने बसाईका लागि आजकल सुविधासम्पन्न होटल तथा होमस्टेको राम्रो ब्यवस्था रहेको छ ।
साक्षरताको अवस्था
यहाँको शैिक्षक स्तर अत्यन्तै नाजुक रहेको छ । त्यसैले यहाँका अधिकांश बालबालिकाहरु अझैपनि शिक्षाको पहँचमा आउन सकेका छैन् । साक्षारताको स्तर कमजोर भएकै कारण सबै हिसाबले यहाका मानिसहरु पछि परेका छन् ।
यहाँ उपलब्ध जडिबुटी, खनिज लगायत प्राकृतिक स्रोत साधनको उत्पादन तथा बजारीकरण गर्न सकेमा यस क्षेत्रको भौतिक, सामाजिक, आर्थिक, शैिक्षक साथै सांस्कृतिक विकास र प्रवर्धन गर्न सकिन्छ । सरकारले पनि यस क्षेत्रकै लागि भनेर विशेष योजना र बजेट विस्तार गर्न सकेमा भने अवश्य पनि जिल्लाको मात्र नभई समग्र कर्णालीको विकास र देशकै पहिचानको रुपमा स्थापित गर्न गराउन सम्बधित सबैको ध्यान जानु आवश्यक छ ।
कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी नगर प्रमुख सुनिता डंगोलले ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड...
कोशीपारी अनलाइन माघ ६ कावागुची, जापानसोनाम ल्होछार २०२६ को सुखद अवसरमा चौरीदेउराली सम्पर्क समाज काभ्रे, जापान को आयोजनामा भव्य ल्होछार...
कोशीपारी अनलाइन कात्तिक १०, काठमाण्डौं प्रधानन्यायाधीश प्रकाशमान सिहं राउतले थापाथलि पुगेर छठीमाईको पूजा गरेका छन् । सोमबार छठ पर्वको मुख्य...