कोशीपारी अनलाईन
बाँकेमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। सल्यानका एक र बाँकेका दुई जना संक्रमितको मृत्यु भएको हो।
बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय मानबहादुर पुनको शुक्रबार बिहान मृत्यु भएको बताए। साथै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत सल्यानको बनगाड ३ का ५६ वर्षीय वीरबहादुर नेपाली र बाँकेको जानकी १ की ७१ बर्षीया महिला सुमन पाठकको मृत्यु भएको वलीले बताए।
सल्यानका नेपाली र बाँकेकी पाठकको बिहीबार राति नै मृत्यु भएको वलीले बताए। बाँकेमा बितेको २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो समय बाँकेमा तीव्र रुपमा कोरोना संक्रमन बढेपछि अस्पतालहरु बिरामीले भरिभराउ छन्। बिरामीले अक्सिजन र बेड पाउन मुस्किल परेको नेपालगन्ज भेरी अस्पतालका सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए।
कोशीपारी अनलाइनमंसिर २०, काठमाडौं नेपालका कम्तिमा ६१ अस्पतालमा जेरियाट्रिक (ज्येष्ठ नागरिक) बेड स्थापनासहित १० भन्दा बढी चिकित्सक जेरियाट्रिक्स विशेषज्ञका रूपमा...
कोशीपारी अनलाइन मंसिर १६, काठमाण्डौं काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहका पिता डा. रामनारायण साहको निधनप्रति उज्यालो नेपाल पार्टीले गहिरो दुःख...
कोशीपारी अनलाइन मंसिर १६, काठमाण्डौं बाजुरा । जिल्ला अस्पताल बाजुराको स्वास्थ्य समस्या सुधारका निम्ति बाजुराका सामाजिक अभियान्ता हेमराज थापा नेतृत्वको...