२०८२ फाल्गुन २९
March 13, 2026, Friday

पछिल्लो परिस्थितिबारे कांग्रेस एकताबद्ध भए अघि बढ्छ : नेपाली कांग्रेस

पछिल्लो परिस्थितिबारे कांग्रेस एकताबद्ध भए अघि बढ्छ : नेपाली कांग्रेस

कोशीपारी अनलाइन संवाददाता
भदौ २९, काठमाण्डौं
मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति नेपाली कांग्रेसले आफ्नो धारणा स्पष्ट रूपमा सार्वजनिक गर्दै एक प्रेस वक्तव्य जारी गरेको छ ।
पार्टीका उपसभापति पूर्णबहादुर खड्काद्वारा हस्ताक्षरित वक्तव्यमा प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधि, जनधनको क्षति, प्रमुख नेताहरूमाथिको आक्रमण, प्रतिनिधिसभा विघटन लगायतका विषयमा पार्टीको आधिकारिक विचार प्रस्तुत गरिएको छ ।
नेपाली कांग्रेसले जेनजीद्वारा भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा युवाहरूको ज्यान जानु, सुरक्षाकर्मी घाइते हुनु र खर्बौंको भौतिक संरचना नष्ट हुनु अत्यन्तै दुःखद भएको जनाएको छ । पार्टीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारहरूप्रति समवेदना प्रकट गरेको छ ।
वक्तव्यमा उक्त घटनाको निष्पक्ष छानबिनको माग पुनः दोहोर्याउँदै सरकारले क्षतिको वास्तविक मूल्यांकन अविलम्ब सुरु गर्न आग्रह गरिएको छ ।
साथै, प्रदर्शनमा जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ भएको र त्यसबाट संवैधानिक तथा प्रशासनिक संस्थानहरू, मिडिया हाउस, निजी घर र वित्तीय संस्थामा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ ।
कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित अन्य नेताहरूमाथि भएको भौतिक आक्रमणलाई अमानवीय र निन्दनीय बताएको छ ।
उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत वक्तव्यमा गरिएको छ । यस्तै, अन्य राजनीतिक दलका नेताहरू र कार्यकर्ताहरूमाथिको आक्रमणप्रति पनि भत्र्सना गरिएको छ ।
प्रतिनिधिसभा विघटनप्रति कडा आपत्ति जनाउँदै कांग्रेसले उक्त निर्णय संविधान, लोकतान्त्रिक मूल्य र सर्वोच्च अदालतको अघिल्ला फैसलाविपरीत भएको स्पष्ट पारेको छ ।
पार्टीले यसलाई अलोकतान्त्रिक र असंवैधानिक कार्य भनी ठहर गर्दै कार्यसम्पादन समितिको बैठकबाट विघटनको विरोधमा स्पष्ट धारणा सार्वजनिक भइसकेको स्मरण गराएको छ ।
कांग्रेसले सम्पूर्ण नेपाली जनतालाई एकजुट भई लोकतन्त्र, संविधान र शान्तिपूर्ण राजनीतिक प्रक्रियाको संरक्षणका लागि अघि बढ्न आह्वान गर्दै, पार्टी विद्यमान परिस्थितिमा एकताबद्ध भएर अघि बढ्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०८२ भाद्र २९

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०८२ भाद्र २९

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०८२ भाद्र २९

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP