२०८२ फाल्गुन २५
March 9, 2026, Monday

नेकपा एमाले सर्वहाराहरूको पार्टी हो – राम बहादुर थापा बादल

नेकपा एमाले सर्वहाराहरूको पार्टी हो – राम बहादुर थापा बादल

काठमाण्डौं – नेकपा (एमाले) का स्थायी समिति सदस्य रामबहादुर थापाले एमाले नेपालका श्रमजीवीको पार्टी भएको बताएका छन्।

नेकपा एमालेले बिहिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले  एमाले जनता

र श्रमजीवीको पार्टी पार्टी भएको भन्दै यसमा सबै जनताहरूको अग्रसरता हुने बताए।‘नेकपा एमाले, नेपाली सर्वहाराहरूको पार्टी हो, सारथी हो। श्रमजीवीको पार्टी हो,’ बागमती प्रदेशको इञ्चार्जसमेत रहेका थापाले भने।

बादलले देशमा देखिएको प्रतिगमनलाई एमालेले परास्त गर्ने दाबी गरेका छन् ।  उनले परमादेशमा सरकार बनेको र यसलाई प्रतिगामी कदमको रूपमा अर्थ्याए। दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट अलग भएको भन्दै उनले एमालेले प्रतिगमन अन्त्य गरेरै छाड्ने बताए।

बादलले माधवकुमार नेपाल धेरै दिन नटिक्ने दाबीसमेत गरे। माधव नेपाल एमालेबाट अलग भएसँगै दक्षिणपन्थ पराजित भएको थापा जिकिर गरे।

‘चरम अन्तरसंघर्षबाट पुँजीवादी, दक्षिणपन्थी, बिसर्जनवादी धारा पार्टीबाट अलग भएको छ । समाजवादी धारा दक्षिणपन्थी धारामाथि विजय गर्न सफल भएको छ। अदालतको परमादेशबाट षडयन्त्रपूर्वक ढंगले कम्युनिस्ट आन्दोलनको नेतृत्व विस्थापित गरिएको छ। राजनीतिक प्रगिगमन, प्रतिकान्ति गरिएको छ । यसलाई परास्त गर्नेछौं । पुन:स्थापित हुने दिशामा अघि बढ्ने छौं,’ उनले भने ।

थापाले दक्षिणपन्थीमाथि एमालेको विजय भएको पनि जिकिर गरे। ‘उनीहरूको अवस्था धेरै दिन टिक्नेवाला छैन । समाजवादी धारालाई विकसित गर्दै दक्षिणपन्थी र पुँजीपति धारविरुद्ध सदन र सडकमा संघर्ष अघि बढाउँदै विजय हासिल गर्छौं,’ उनले भने।

नेकपा एमालेको संगठन संरचना २०७५ जेठ २ मा फर्किएको बताइए पनि एमालेका अधिकांश कार्यक्रममा त्यसको ‘कार्यान्वयन’ नभएको पाइन्छ। एमाले बागमती प्रदेशको संयोजकमा अष्टलक्ष्मी शाक्य नै रहेकी छन्।

पार्टी भित्र भएको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनलाई लैजाने भनिए पनि त्यसको पूर्ण पालना भने भएको छैन।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ भाद्र ३१

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ भाद्र ३१

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ भाद्र ३१

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP