कोशीपारी अनलाईन संवाददाता /काठमाण्डौं
भाद्र १७, २०७८
नेपाली कांग्रेसका नेता गगन थापा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलतिर लाग्ने संकेत देखिएको छ। बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पौडेल पक्षको पत्रकार सम्मेलनमा थापाले पनि सहभागिता जनाएका थिए।
भोलिदेखि कांग्रेसको वडा अधिवेशन सुरु हुँदैछ। त्यसको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा पौडेल पक्षमा अन्य नेताहरुसँगै थापा पनि उपस्थित भएका हुन्।
थापा अघिल्लो महाधिवेशनमा कृष्ण सिटौला पक्षबाट महामन्त्रीका उम्मेद्वार भएका थिए। थापाले त्यतिबेला शशांक कोइराला र अर्जुननरसिंह केसीसँग प्रतिस्पर्धा गरेका थिए। कोइराला पौडेल समूहबाट र केसी देउवा समूहबाट प्रतिस्पर्धा गरेका थिए। अहिले कोइराला र केसी दुवै पौडेल पक्षमा छन्।
महाधिवेशनको बेलामा सिटौला समूहबाट उम्मेदवार भएका भए पनि पछिल्लो केही समय उनी सिटौलाबाट टाढिँदै गएका थिए।
थापाले आगामी महाधेशनमा महामन्त्रीको उम्मेदवार हुने घोषणा गरिसकेका छन्।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...