कोशीपारी अनलाईन संवाददाता/ काठमाण्डौं
२५ असार, २०७८
नेपाली काँग्रेसको संस्थापन इतर पक्षका सभापतिका आकांक्षीबीच छलफल सुरु भएको छ । शुक्रबार अपराह्न चार बजेबाट बत्तिसपुतलीस्थित अनुपम फुडल्याडमा इतर पक्षका सभापतिका आकांक्षीहरुबीच छलफल चलिरहेको छ।
छलफलमा सभापतिका ८ जना आकांक्षी सहभागी छन् । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्व सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र डा.रामशरण महत, नेताहरु, डा.शेखर कोइराला र सुजाता कोइरालाबीच छलफल चलिरहेको छ
पौडेल पक्षबाट सभापतिमा दाबी गरिरहेका युवा नेता कल्याण गुरुङलाई पनि छलफलमा बोलाइएको छैन । साझा धारणा र सहमति कायम गरी एकल उम्मेदवारको खोजीमा छलफल गर्न लागिएको बैठकमा सहभागी एक नेताले कोशीपारी अनलाईनलाई बताएका थिए ।
पौडेल पक्षले यसअघि असार ११ गते पनि आफू पक्षीय केन्द्रीय सदस्यको भेला गरेर सभापति उम्मेदवारबारे छलफल गरेको थियो । त्यहाँ सिंहले आफू अगाडि बढिसकेको भन्दै पौडेललाई यसपटक समर्थन गर्न नसक्ने बताएका थिए । उक्त छलफलमा ८ जना नेताहरुले आफू सभापतिको आकांक्षी रहेको बताएका थिए ।
सिटौलाले मंगलबार आफू पक्षीय नेताहरुसँग छलफल गरेर सभापतिको तयारीमा रहेको बताएका थिए । पौडेल पक्षका शीर्ष नेताबीच बिहीबार पनि छलफल भएको थियो । बिहीबारको छलफल क्रियाशील सदस्यता सम्बन्धी विषयमा केन्द्रित रहेको महामन्त्री शशांक कोइरालाको भनाइ थियो ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...