१५ असार २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल “प्रचण्ड”ले संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुने अवस्था नरहेको बताएका छन् ।
विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजिवीहरुसँग गरेको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदालतबारे कुनै टिप्पणी नगर्ने बताए ।
तर सरकार पक्षले अदालतलाई दबाव र प्रभावमा पार्न खोजेको भन्दै उनले भने, ‘अर्को ठूलो खेल चलिरहेको गन्ध आएको छ । संसद पुनर्स्थापना भइहाले पनि (पुनर्स्थापना) नहुनु भन्दा रद्दी हुनसक्छ ।’
संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुन नहुने प्रचण्डले बताए । तर कोभिड–१९ महामारीका कारण सडकमा आउने अवस्था नरहेको भन्दै उनले खबरदारी गरिराख्न आग्रह गरे ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...