९ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता /काठमाडौं विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार पारेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेको हो ।
रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ । कांग्रेस नेता रमेश लेखकका अनुसार रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ ।
त्यस्तै प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस खारेज गरी संसद अधिवेशन बोलाउन अन्तरिम आदेश पनि माग गरिएको लेखकले बताए ।
रिटको मस्यौदा तयार गर्न कांग्रेस नेता लेखक, नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ, कानुन व्यवसायीहरु सतीशकृष्ण खरेल, योगेन्द्र कार्की, गोविन्द बन्दी, मुक्ति प्रधान संलग्न भएका थिए ।
अब रिटमा देउवालाई धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाउने १४९ सांसदले हस्ताक्षर गर्नेछन् । सबै १४९ सांसदले हस्ताक्षर गरेपछि सर्वोच्च अदालतमा दर्ता गर्ने नेताहरुले बताएका छन् ।
उक्त रिटमा हस्ताक्षर गर्न सांसदहरु नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा उपस्थित भएका छन् ।
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...