२०८३ बैशाख ९
April 22, 2026, Wednesday

राजनीतिक दल, नागरिक समाज सबै कोभिड–१९ को विरुद्धको लडाइँमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री ओली

राजनीतिक दल, नागरिक समाज सबै कोभिड–१९ को विरुद्धको लडाइँमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री ओली

९ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/ काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक झमेला छाडेर अहिले कोभिड–१९ महामारी विरुद्धको लडाइँमा एकताबद्ध हुन सबै दललाई आग्रह गरेका छन् । आइतबार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारहरुसँगको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाले आक्रान्त पारेको अवस्थामा देशका राजनीतिक शक्ति, नागरिक समाज लगायतलाई राजनीतिक झमेला छाडेर जनताका समस्या समाधानतिर केन्द्रित हुन आग्रह गरे। ‘आज देश र जनता कोभिड–१९ बाट आक्रान्त भइरहेको अवस्था छ। यस्तो अवस्थामा देशका सम्पूर्ण राजनीतिक शक्तिहरु, अरु झमेला छाडेर जनताका समस्या समाधानतिर लाग्न पर्ने हो। म अहिले पनि आह्वान गर्न चाहन्छु, राजनीतिक दल, नागरिक समाज सबै कोभिड–१९ को विरुद्धको लडाइँमा केन्द्रित हुनुपर्छ,’ ओलीले भने। तर, कोभिड–१९ विरुद्धको अभियानमा नलागेर अहिले राजनीतिक दलहरु लोकतान्त्रिक प्रणाली र अभ्यासप्रति नै जनताको वितृष्णा बढ्ने गरी क्रियाकलाप गरिरहेको ओलीको आरोप छ। गणतन्त्रको माखौल उडाएर गालिगलौज, चरित्रहत्याजस्ता कुराहरुलाई सामाजिक संस्कार बनाउन खोज्नेले देशको गौरवपूर्ण सभ्यताका लागि चुनौती खडा गरेको ओलीले दावी गरे। ‘सामन्तवादी कुसंस्कारको अवाञ्छित प्रभाव के होला। जहाँ हामी गणतन्त्रको माखौल उडाइराखेको छौं भने त्यो भन्दा नराम्रो के हुन्छ?,’ उनले भने, ‘अरु राजनीतिक झमेला, गालिगलौज, चरित्रहत्या, स्तरहिनजस्ता कुराहरुलाई सामाजिक सस्कार बनाउन खोज्ने प्रयास, यो देश र गौरवपूर्ण सभ्यताका लागि चुनौतीपूर्ण हो।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ ९

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ ९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ ९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP