२०८२ माघ ५
January 19, 2026, Monday

दल दर्ताको लागि माधव नेपाल निकट नेताले दिए निवेदन , चुनाव चिह्न कमल

दल दर्ताको लागि माधव नेपाल निकट नेताले दिए निवेदन , चुनाव चिह्न कमल

९ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौं -सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) असन्तुष्ट माधव नेपाल समूहले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । एमालेकै भ्रातृसंगठन अनेरास्ववियूका पूर्वउपाध्यक्ष जीवन राईले निर्वाचन आयोगको कार्यालयमा पार्टी दर्ताको निवेदन दिएको खुलेको छ ।

एक महिनाअगाडि नै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ताका लागि निवेदन दिएको राईले बताए । “हामीले एक महिनाअगाडि नै दर्ताको निवेदन दिएका थियौँ । अहिले माधवकुमार नेपाल समूह अप्ठ्यारोमा परेकाले चर्चा भयो होला । तर, पार्टी दर्ता उहाँहरूसँग सरसल्लाह गरेर गरेको होइन,” उनको भनाइ छ ।

दल दर्ताका लागि निवेदन दिएको नयाँ पार्टीमा राई अध्यक्ष छन् भने पदाधिकारीमा अनेरास्ववियूकै नेता-कार्यकर्ता रहेका छन् । उपाध्यक्षमा कल्पना गुरूङ, महासचिवमा विनोद खुलाल, सचिवमा पशुपतिका अखिलका कार्यकर्ता ऐनविक्रम कुँवर र कोषाध्यक्षमा अर्घाखाँचीका सुशील खनाल रहेको उनले बताए । “हामीले दर्ता गरेर आएका छौँ । ४५ दिनमा आउनुस् भन्नुभएको थियो । अहिले खबर आएको छैन,” उनले भने ।

चुनाव चिह्न कलम रोजिएको राईले जानकारी दिए । “हामीले चुनाव चिह्न कलम नै होस् भनेर निवेदनमा माग दाबी गरेका छौँ,” उनले भने । नेकपा एमालेभित्र विवाद पुनः उत्कर्षमा पुगेको बेला यो तथ्य बाहिरिएको हो । नेता माधवकुमार नेपालसहितका नेताले नयाँ पार्टी दर्ता गर्ने बताउँदै आएका छन् । उनीसहित ११ जना नेतालाई पार्टीपद्धतिविपरीत काम गरेको भन्दै पुनः स्पष्टीकरण सोधिएको छ ।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०७८ जेष्ठ ९

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०७८ जेष्ठ ९

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०७८ जेष्ठ ९

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP