२०८२ माघ ५
January 19, 2026, Monday

प्रधानमन्त्री ओलीले भने संसद विघटन हुनसक्छ, मलाई दोष दिन पाइदैन :

प्रधानमन्त्री ओलीले भने संसद विघटन हुनसक्छ, मलाई दोष दिन पाइदैन :

७ जेठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसार सरकार निर्माण गर्न नसके आफूलाई समर्थन गर्न विपक्षी दलहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार पत्रकार सम्मेलन गरी सके आफूविरुद्ध सरकार गठन गर्न नसके आफूलाई समर्थन गर्न आग्रह गरे । उनले संविधानको धारा ७६ को ५ अनुसार आफूले पनि प्रधानमन्त्रीको दाबी गर्न सक्ने बताए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नदिए प्रतिनिधिसभा विघटन हुन सक्ने र त्यसको जिम्मेवार आफू नहुने बताए । संविधानको धारा ७६(५) अनुसार आफू प्रधामन्त्री भए र त्यसपछि विश्वास प्राप्त गर्न नसके संसद विघटन हुने र त्यसको आरोप आफूलाई लगाउन नमिल्ने उनको तर्क छ ।

‘अहिलेसम्म मसंग १ सय २१ को मतभार छ । मलाई अलि सजिलो होला कि भनेर कोशिस गरिरहेको छु । यदि समर्थन प्राप्त भयो र त्यो राष्ट्रपतिलाई भरपर्दो आधार लागेर नियुक्त गर्नुभयो भने मैले सरकार बनाउँछु’ उनले भने, ‘अनि एक महिनाभित्र फेरि विश्वासको मत लिनेछु । फेरि विश्वासको मत नदिएर अनि विघटन (प्रतिनिधिसभा) गर्‍यो भनेर आरोप लगाउन पाइने छैन । विश्वासको मत नदिने अनि चुनावमा गयो भन्न त पाइने छैन ।’ संविधान अनुसार सरकार गठन नभए अन्तत चुनावमा नै जानुपर्ने भन्दै प्रधानमन्त्री ओलीले आफूलाई समर्थन गर्न आग्रह गरे । ‘समर्थन दिनोस् म सरकार बनाएर चलाउन चाहन्छु । दिनुहुन्न भने केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर फेरि चुनावमा लग्यो देशलाई भनेर भन्न पाइँदैन । यो अस्थिरता, अस्तव्यस्तता पैदा गर्ने, सधैंको विवाद खडा गर्ने सधैंको किचलो पैदा गर्ने उहाँहरु जवाफदेही हुनुपर्छ, म होइन’ ओलीले भने ।

आफूलाई विश्वास नदिए अर्को सरकार बनाउन पनि उनले चुनौती दिए । ‘अरुले बनाउनुहोस् चुनावमा नजाउँ । म त चुनाव भनेपछि प्रतिनिधिसभा विघटन भनेपछि अस्तिनै थुतुनो पोलेको मान्छे हुँ । म त्यता जान चाहन्न तर मेरो हातमा छैन’ ओलीले भने, ‘अरुले घेराबन्दी गर्ने । घेराबन्दी गरेर असफल बनाउने अनि आरोप चाहीँ मेरो टाउकोमा हाल्न पाइँदैन ।’

प्रधानमन्त्री ओली आफू तत्काल चुनावमा जाने पक्षमा नरहेको तर विपक्षीहरुको कारणले त्यो स्थिति बन्यो भने पनि संवैधानिक प्रक्रियाको रुपमा सबैले स्वीकार गर्नुपर्ने बताए । ‘उहाँहरुले चुनावमै पुर्‍याउनुभयो भने आकाश खस्ने कुरा होइन । यो संवैधानिक प्रक्रिया हो । चुनावै भयो भने पनि आकाश खस्छ भन्ने कुरा होइन । चुनाव त यो मंसिरमा नभए अर्को मंसिरमा त गर्नैपर्छ ।’

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०७८ जेष्ठ ७

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०७८ जेष्ठ ७

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०७८ जेष्ठ ७

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP