२०८२ फाल्गुन २५
March 9, 2026, Monday

संविधानको धारा ७६(५) अनुसार पनि नयाँ प्रधानमन्त्री ओली नै !

संविधानको धारा ७६(५) अनुसार पनि नयाँ    प्रधानमन्त्री ओली नै !

७ जेष्ठ २०७८, कोशीपारी अनलाइन /काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार अपराह्न ५ बजेसम्ममा आफैँले दाबी गर्ने रणनीतिका साथ संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिबाट आह्वान गराएको संकेत देखिएको छ ।

नेकपा एमालेको मौजुदा सदस्य संख्यामा जनता समाजवादी पार्टी (जसपा) को ठाकुर–महतो पक्षले साथ दिँदा प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष ‘प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधार’ प्रस्तुत गर्न सक्नेछन् ।

संविधान संशोधन गर्न कार्यदल बनाउने सहमति र नागरिकता सम्बन्धी ऐनमा अध्यादेश जारी गर्ने निर्णय धारा ७६(५) अनुसार ओली नै प्रधानमन्त्री नियुक्त हुने राणनीति अन्तर्गत रहेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार धारा ७६(३) अनुसार नियुक्त अल्पमतको सरकारका प्रधानमन्त्री ओलीलाई समर्थन गर्नुको साटो उनकै नेतृत्वमा गठबन्धन सरकार बनाउनु उचित हुने ठाकुर–महतो पक्षको निष्कर्ष छ । यसैअनुसार प्रधानमन्त्री ओली संविधान संशोधनका लागि कार्यदल बनाउन तयार भएका हुन् ।

संविधान संशोधन गर्न तयार हुने र अध्यादेशमार्फत नागरिकता ऐन संशोधन गर्ने ओलीको कदमबाट जसपाको ठाकुर–महतो पक्ष निकै उत्साहित भएको छ । यो पक्षको निष्कर्ष के छ भने पार्टीको मागअनुसार संविधान संशोधन हुने र नागरिकता ऐनमा अध्यादेश जारी हुने कुरामा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पनि असहमत हुन सक्ने छैनन् ।

यस्तै, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई पनि संविधान संशोधनको माग र प्रस्ताव अस्वीकार गर्न सहज हुनेछैन । यही निष्कर्षका साथ प्रधानमन्त्री ओली र ठाकुर–महतो पक्षले आपसी सहमतिमा गठबन्धन सरकार गठनको तयारी गरेका हुन् । आगामी ९ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउने मन्त्रिपरिषदको निर्णय पनि यही विश्वासका आधारमा भएको स्रोतको भनाइ छ ।

जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपाको समर्थन देखिने पत्रसहित अपराह्न ५ बज्नुभन्दा केही मिनेट अघि राष्ट्रपति समक्ष दाबी पेश गर्नेछन् र आजै धारा ७६(५) अनुसार नियुक्ति लिनेछन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार भएको अवस्थामात्रै ओली सत्ताबाट हट्न सक्नेछन् । जसपा आफ्ना नेतालाई प्रधानमन्त्री बनाउन तयार रहेकोले यो अवसर पनि ओलीले नै लिन सक्ने अनुमान पनि हुन थालेको छ ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ जेष्ठ ७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ जेष्ठ ७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ जेष्ठ ७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP