३० बैशाख २०७८, कोशीपारी अनलाइन /काठमाडौँ — नेकपा एमालेको बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बरिष्ठ नेता माधव नेपालसहित चार नेतामाथि गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । नेपालसहित उनी पक्षका नेताहरु घनश्याम भुसाल, भीम रावल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फुकवा गरिएको स्थायी समिति सदस्य सुवास नेम्वाङले कान्तिपुरलाई बताए । नेकपाबाट छुट्टिएर एमाले भएपछि समानान्तर गतिविधि गरेको र पार्टी निर्देशन उल्लंङ्घन गरेको भन्दै यसअघि उनीहरुलाई पार्टीबाट निलम्बन गरिएको थियो ।
कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमन गरेका छन् ।...
कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...
कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ...