३० बैशाख २०७८, कोशीपारी अनलाइन /काभ्रे विपक्षी दल नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई राजीनामा गराउने र बहुमत जुटाउने प्रयासमा लागिरहेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद सकिनै लाग्दा बहुमत जुटाउन हम्मेहम्मे परेपछि विपक्षी दल काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र) माधव–झलनाथ समूह केन्द्रित बनेका हुन् ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेको यो समूहलाई जसरी पनि फकाएर राजीनामा गराए मात्रै विपक्षीलाई बहुमतको सरकार बनाउन सहज हुने छ । तर प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएर राष्ट्रपतिले संयुक्त सरकार बनाउन दिएको समयसीमा सकिन लागे पनि राजीनामालाई लिएर नेपाल र खनाल पक्ष एकमत हुन सकेको छैन।
राष्ट्रपति भण्डारीले आज (बिहीबार) राति ९ बजेसम्ममा विपक्षी दललाई बहुमत जुटाउन समय दिएकी छन् । एमालेका असन्तुष्ट पक्षको राजीनामा वा समग्र जनता समाजवादी पार्टी एकढिक्का नभएसम्म विपक्षी गठबन्धनको बहुमत पुग्दैन।
हालको संसदको विद्यमान अवस्थामा विपक्षी गठबन्धनलाई बहुमत पुर्याउन कम्तीमा पनि थप १२ सांसदको आवश्यकता पर्छ। काङ्ग्रेससँग ६१ र माओवादी केन्द्रसँग ४८ सांसद छन्। जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षमा १५ वा १६ जना छन्। यसरी हेर्दा विपक्षी गठबन्धनसँग १२५ को हाराहारीमा मात्रै सांसद हुन्छन्। बहुमतका लागि एक सय ३६ जना आवश्यकता पर्छ।
एमालेको नेपाल पक्षका प्रत्यक्षतर्फका १९ जनाले राजीनामा दिँदा प्रतिनिधिसभामा सांसद संख्या दुई सय ५२ हुन्छ। त्यसपछि बहुमतका लागि एक सय २७ आवश्यक हुन्छ।
कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं फागुन महिनाको पहिलो कारोवार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी...
कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं सुर्खेत । आसन्न प्रतिनिधी सभा निर्वाचनमा १० जना पूर्व सहकर्मीहरु चुनावी प्रतिस्पर्धामा छन् । प्रमूख...
कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी नगर प्रमुख सुनिता डंगोलले ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड...