२०८२ माघ ५
January 19, 2026, Monday

ओलीलाई प्रचण्डको प्रश्न : विश्वासको मत लिने नैतिक अधिकार छ र?

ओलीलाई प्रचण्डको प्रश्न : विश्वासको मत लिने नैतिक अधिकार छ र?

२७ बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता काठमाडौं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभामा विश्वासको मत माग्ने नैतिक अधिकार नभएको बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफैंले विघटन गरेको प्रतिनिधि सभामा उभिएर विश्वासको मत माग्ने नैतिक अधिकारी ओलीसँग नभएको बताए।

‘आफैंले विघटन गरेको संसद, यिनै माननीय सदस्यसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीज्यू?’ प्रचण्डले प्रश्न गरे। प्रधानमन्त्रीले विश्वासको मत माग्नुमा पनि कुनै षड्यन्त्र छ कि भन्ने आफूलाई शंका लागेको प्रचण्डको भनाइ छ। 

फेरि पनि प्रतिनिधि सभा विघटन गर्ने मनसायका साथ आवश्यक प्रक्रिया पूरा गर्नका लागि  प्रधानमन्त्रीले विश्वासको मत मागेको हो कि भन्ने आशंकासमेत गरे।

उनले सर्मथन फिर्ता लिने बित्तिकै फेरि विघटन गर्छन् कि भनेर नलिएको बताए। ‘बजेट अधिवेशन बोलाउने समयमा जुन अधिवेशन बोलाउनु भयो यो पनि स्वभाविक लागेन। बर्खे अधिवेशन बोलाउने समयमा तपाईंले किन बोलाउनु भयो, बजेट र नीति तथा कार्यक्रम छल्न त हैन भन्ने प्रश्न उठेको छ’, उनले भने। संविधानको व्यवस्था अनुसार संसद्को नियमित अधिवेशन बोलाउनुपर्ने बेला सरकारले विशेष अधिवेशन बोलाउने अधिकार कहाँबाट आयो भन्दै प्रचण्डले प्रश्न गरे। 

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०७८ बैशाख २७

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०७८ बैशाख २७

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०७८ बैशाख २७

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP