२०८२ फाल्गुन ४
February 16, 2026, Monday

सरकारको नेतृत्व गर्नेहरु नै राष्ट्रहित विपरीत गतिविधिमा छन् : प्रचण्ड

३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन् । शुक्रबार बागमती प्रदेश कराँते च्याम्पियनसिप–२०२१ कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको नेतृत्व गर्नेहरुबाटै देशलाई बन्धकी राख्ने तथा राष्ट्रिय हित विपरीतका गतिविधि भइरहेको बताएका हुन् । उनले नाम भने कसैको लिएनन् ।

‘देशलाई बन्धकी राख्ने, राष्ट्रिय हितका विपरीतका गतिविधि गर्ने काममा स्वयं सरकारका नेतृत्व गर्ने प्रमुखहरु नै लागेका खबरहरुले नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा, उनीहरुको आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्नचिह्न खडा गर्ने दुस्साहस भएको छ’ प्रचण्डले भने, ‘तर सचेत नेपाली जनता, स्वस्थ नेपाली जनता, वलिष्ठ नेपाली जनतालाई यी सबै षड्यन्त्र स्वीकार्य छैन ।’ अध्यक्ष प्रचण्डले केही मानिसले संघीयतालाई खारेज गर्ने र स्थानीय तहलाई दिएको अधिकार खोस्ने सपना देखेको पनि बताए ।

‘अहिले पनि केही मानिसहरुले त्यस्तो सपना देख्छन् । संघीयतालाई खारेज गर्ने, स्थानीय तहमा गएको अधिकारलाई खोसेर फेरि केन्द्रका केही सीमित व्यक्तिहरुको हातमा केन्द्रित गर्ने, समावेशिता र समानुपातिकतालाई उल्ट्याउन खोज्ने प्रवृत्ति देखा परेको छ’ उनले भने । तर परिवर्तनलाई उल्ट्याउनेकुरा नेपाली जनतालाई मान्य नहुने उनको भनाइ छ ।

Related News

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ बैशाख ३

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

राष्ट्रपति पौडेल नेपाली सेनाको २६३औँ वार्षिकोत्सव समारोहमा सहभागिता
राष्ट्रपति पौडेल नेपाली सेनाको २६३औँ वार्षिकोत्सव समारोहमा सहभागिता
  • २०७८ बैशाख ३

कोशीपारी अनलाइन फागुन ३, काठमाण्डौं राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६३ औं वार्षिकोत्सवको अवसरमा नेपाली सेनाले सैनिक...

उज्यालो नेपाल पार्टीमा छोटो समयमै देशभर समर्थन बढेको कुलमानको दाबी
उज्यालो नेपाल पार्टीमा छोटो समयमै देशभर समर्थन बढेको कुलमानको दाबी
  • २०७८ बैशाख ३

कोशीपारी अनलाइन फागुन ३, काठमाण्डौं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले छोटो समयमै देशभर जनताको माया, विश्वास र...

TOP