२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले हान्यो मिसाइल

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले हान्यो मिसाइल

काठमाडौं।इरानले आफ्ना आणविक केन्द्रहरूमा भएको अमेरिकी हमलाको प्रतिकार स्वरूप सोमबार राति कतारस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीका अनुसार कतारले अमेरिकाद्वारा सञ्चालित अल उदैद सैन्य अड्डामाथि आक्रमण भएको पुष्टि गरेको छ। यो हमलाबाट मानवीय क्षतिको रिपोर्ट अहिलेसम्म प्राप्त भएको छैन।कतारले इरानको हमलालाई आफ्नो ‘सार्वभौमिकता उल्लंघन’ भनेको छ। आवश्यक परे यसको जबाफ दिने अधिकार आफूसँग सुरक्षित रहेको उसले जनाएको छ।

इरानको मिसाइल आक्रमणपछि कतारले अस्थायी रूपमा हवाई क्षेत्र बन्द गर्नुका साथै आफ्नो भूमिमा रहेका अमेरिकी तथा बेलायती नागरिकलाई सुरक्षित स्थानमा बस्न सल्लाह दिएको छ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही बेरमा राष्ट्रिय सुरक्षा परिषदको बैठकमा सहभागी हुँदै छन्।

अमेरिकाद्वारा सञ्चालित अल उदैद सैन्य अड्डा कतारको राजधानी दोहाबाट नजिकै छ। यसले मध्यपूर्वमा अमेरिकी केन्द्रीय कमान्डको हवाई मुख्यालयका रूपमा काम गर्छ। यहाँ करिब ८ हजार अमेरिकी सैनिक तैनाथ रहेको बिबिसीले जनाएको छ।

बेलायती फौजहरू पनि बेला बेला तैनाथ हुन्छन्। यसलाई अबु नख्ला विमानस्थल पनि भनिन्छ। यहाँ खाडी क्षेत्रकै सबभन्दा लामो धावनमार्ग छ।

कतारले सन् २००० मा अमेरिकालाई अल उदैद सैन्य अड्डा प्रयोग गर्न अनुमति दिएको थियो। सन् २००१ बाट अमेरिकाले त्यहाँको व्यवस्थापन लिएपछि २००२ डिसेम्बरमा दोहा र वासिङ्टनबीच एक सम्झौतामा हस्ताक्षर भयो। उक्त सम्झौताले नै अल उदैदमा अमेरिकी सैन्य उपस्थितिलाई औपचारिक मान्यता दिएको थियो।

Related News

उर्जामन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता
उर्जामन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता
  • २०८२ असार १०

कोशीपारी अनलाइन कात्तिक १२, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका...

दक्षिण कोरिया पुगे राष्ट्रपति ट्रम्प, एपीईसी शिखर सम्मेलनअगाडि उच्चस्तरीय बैठकको तयारी
दक्षिण कोरिया पुगे राष्ट्रपति ट्रम्प, एपीईसी शिखर सम्मेलनअगाडि उच्चस्तरीय बैठकको तयारी
  • २०८२ असार १०

कोशीपारी अनलाइन कात्तिक १२, काठमाण्डौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार दक्षिण कोरिया पुगेका छन् । दक्षिणपूर्वी सहर ग्योंग्जुमा आयोजना भइरहेको...

छठ लगत्तै मुख्यमन्त्री सोनलले विश्वासको मत लिने तयारीमा
छठ लगत्तै मुख्यमन्त्री सोनलले विश्वासको मत लिने तयारीमा
  • २०८२ असार १०

कोशीपारी अनलाइन संवाददाता कात्तिक ७, काठमाण्डौं रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा जुटेका छन ।...

TOP