कोशीपारी अनलाइन संवाददाता
कात्तिक ११,काठमाण्डौं
चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म अलैंचीको निर्यात ३३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा अलैंची निर्यात बढेको पाइएको हो ।
विभागका अनुसार आव २०८२÷८३ को असोज सम्म १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको छ । यो निर्यात गत आवको सोहि अवधिको तुलनामा ३३ प्रतिशत धेरै हो ।
गत आव २०८१÷८२ को सोहि अबधिमा नेपालबाट १ अर्ब २६ करोड २१ लाख ७८३ मेट्रिक टन मात्रै अलैंची निर्यात भएको थियो । नेपाल बाट निर्यात हुने मुख्य बस्तु मध्ये अलैंची पनि पर्दछ ।
विभाका अनुसार पहिलो त्रैमासमा अन्तर्राष्ट्रिय व्यापारमा नेपालको आयातको हिस्सा ४.९६ प्रतिशतले घटेर ८६.५४ प्रतिशतमा पुगेको छ भने निर्यातको हिस्सा ५०.४७ प्रतिशतले बढेर १३.४६ प्रतिशतमा पुगेको छ ।
कोशीपारी अनलाइन कात्तिक १२, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका...
कोशीपारी अनलाइन कात्तिक १२, काठमाण्डौं सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते चुनाव गर्ने निर्णय गरेको...
कोशीपारी अनलाइन कात्तिक १२, काठमाण्डौं पछिल्ला तीन कारोबार दिनदेखि उकालो लाग्दै आएको नेप्से परिसूचक बुधबार सामान्य करेक्सनसहित घटेर बन्द भएको...