कोशीपारी अनलाइन संवाददाता
असोज २८, काठमाण्डौं
इजरायली सुरक्षा बल (आइडीएफ)ले हमासले फिर्ता पठाएका चार जनाको शव पहिचान गरेको छ । तीमध्ये दुई जना गाई इलोज र बिपिन जोशीको नाम बाहिर आएको छ भने बाँकी दुई जनाको नाम परिवारको अनुरोधमा हाललाई गोप्य राखिएको छ ।
आइडीएफका अनुसार बिपिन जोशीको हत्या युद्धको पहिलो केही महिनामै भएको अनुमान गरिएको छ । गाई इलोज भने अपहरणको समयमा घाइते भएका थिए र पर्याप्त उपचार नपाएकै कारण कैदमा मृत्यु भएको अनुमान रहेको छ ।
विपिनलाई २३ वर्षको उमेरमा किब्बुत्ज अलुमिमको आश्रयस्थलबाट हमासले अपहरण गरेको आइडीएफले जनाएको छ । राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रले मृत्युको परिस्थितिको जाँच पूरा गरेपछि अन्तिम निष्कर्ष निकाल्नेछ ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...