२०८२ माघ ५
January 19, 2026, Monday

शैलुङका किसानलाई तरकारी बेच्ने चटारो 

शैलुङका किसानलाई तरकारी बेच्ने चटारो 

कोशीपारी अनलाइन संवाददाता
असोज २६, काठमाण्डौं

रामेछाप । रामेछाप र दोलखाको उत्तरी क्षेत्र शैलुङका किसानलाई अहिले भ्याइनभ्याइ छ ।
यतिबेला शैलुङका किसानलाई तरकारी बेच्ने चटारो छ । अति उब्जाउयोग्य भूमि रहेको शैलुङमा अहिले बेसिजनको काउली, बन्दा, गाजर, मुला केराउलगायतका तरकारी बाली लोभलाग्दो छ । किसानका बारी, घर, पेटीदेखि सडकसम्म जताततै तरकारी नै तरकारी देखिन्छ ।
अहिले किसानले लगाएको सबै तरकारी बिक्रीको बेला भएको स्थानीय किसान दावासाङ्बु शेर्पाले बताए । तरकारीको सिजनमा शैलुङका एक जना किसानले चार/पाँच लाख रुपैयाँसम्मको तरकारी बेच्ने शेर्पाले जानकारी दिए ।
किसानले उत्पादन गरेको शैलुङको आलु लगायतका तरकारी किन्न व्यापारीहरू किसानका बारीमा नै पुग्ने गर्दछन् । यस वर्ष असोजको वर्षाले सडक बिगारेको कारण भने किसानलाई आफ्नो उत्पादन बजार पुर्‍याउन निक्कै गाह्रो भएको शेर्पाले बताए ।
शैलुङको तरकारीको मुख्य बजार काठमाडौंको कालीमाटी हो । यस बाहेक अन्य स्थानीय बजारहरूमा पनि तरकारी बिक्री हुने गर्दछ । काठमाडौं जाने बिपी राजमार्ग बन्द हुँदा किसानलाई तरकारी काठमाडौं पुर्‍याउन निक्कै समस्या भयो ।
मुढे–शैलुङ सडक मर्मत गरी केही तरकारी किसानहरूले सो बाटो भएर काठमाडौंसम्म पुर्‍याए । अब बिपी राजमार्ग सञ्चालनमा आएकोले उत्पादन बजार पुर्‍याउन किसानलाई सहज हुने भएको छ ।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०८२ आश्विन २६

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०८२ आश्विन २६

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०८२ आश्विन २६

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP