२०८२ माघ ५
January 19, 2026, Monday

सुन आयातको कोटा बढाइयो, दैनिक २५ किलोसम्म आयात गर्न पाइने

सुन आयातको कोटा बढाइयो, दैनिक २५ किलोसम्म आयात गर्न पाइने

कोशीपारी अनलाइन संवाददाता
असोज २४, काठमाण्डौं

नेपाल राष्ट्र बैंकले दैनिक सुन आयात कोटा २० किलोबाट बढाएर २५ किलो पुर्‍याएको छ । बजारमा सुनको माग बढेसँगै र दिपावली नजिकिँदै जाँदा आयात सीमामा वृद्धि गरिएको हो । हाल वाणिज्य बैंकहरूले आयात गरेको सुन व्यवसायीमार्फत गहनाको रूपमा बिक्री हुँदै आएको छ ।
सुनको मूल्य निरन्तर बढ्दै गएको छ । शुक्रबार प्रतितोला मूल्य २ लाख ३५ हजार पुगेको छ । लगानीकर्ताहरूका लागि सुन सुरक्षित विकल्प बन्दै गएपछि माग थप बढेको बताइन्छ ।
साथै, राष्ट्र बैंकले फिर्ता नहुने रेमिट्यान्स (विप्रेषण) सीमा पनि २० लाख रुपैयाँबाट बढाएर २५ लाख रुपैयाँ पुर्‍याएको छ । अब नेपाली वा विदेशी नागरिक, तथा नेपालमा दर्ता भएका फर्म वा कम्पनीहरूले विभिन्न प्रयोजनका लागि दैनिक २५ लाखसम्म रकम विप्रेषण कम्पनीमार्फत ल्याउन सक्नेछन् ।
यस्तो रकम संकलन र भुक्तानी गर्दा ग्राहक पहिचानका कागजात लिनु पर्ने र प्रत्येक महिनाको अन्त्यमा सम्बन्धित विभागहरूमा विवरण बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०८२ आश्विन २४

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०८२ आश्विन २४

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०८२ आश्विन २४

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP