२०८२ फाल्गुन २५
March 9, 2026, Monday

कारागारबाट भागेका कैदीहरुको संख्या १३ हजार ५ सय ८९ जना

कारागारबाट भागेका कैदीहरुको संख्या १३ हजार ५ सय ८९ जना

कोशीपारी अनालाइन
असोज २०, काठमाण्डौं

गत भदौ २३ र २४ गते देशभरी भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारहरुबाट कैदीबन्दीहरु भागेका छन् । जसमा २०८२ असोज २० गतेको बेलुका ६ बजेसम्मको विवरण अनुसार देशभरका कारागारमा जम्मा कैदी ३० हजार ६ सय ४६ जना रहेका छन् ।
जसमध्ये २९ हजार २ सय २४ जना कारागारका छन् भने १ हजार ४ सय २२ जना सुधारगृहका कैदी हुन् ।
यसमध्ये, जेनजी आन्दोलनमा कुल १४ हजार ५ सय ५६ जना कैदी भागेका थिए । जसमा कारागारबाट भागेका कैदी १३ हजार ५ सय ८९ जना छन् भने सुधारगृहबाट भागेका कैदी ९ सय ६४ जना रहेका छन् ।
नभागेका कुल कैदी १५ हजार ५ सय २५ छन् भने त्यसमा कारागारका १५ हजार १ सय ६२ छन् भने सुधारगृहबाट ६ सय ६३ जना छन् । यसका साथै भागेका मध्ये कुल ८ हजार ८ सय ५१ जना कैदी फिर्ता आएका छन् । त्यसमा कारागारका ८ हजार ५ सय १० छन् भने सुधारगृहका ३ सय ४१ जना रहेका छन् ।
आउन बाँकी कुल कैदी ५ हजार ६ सय ९७ जना छन् भने यसमा कारागार तर्फ ५ हजार ७९ जना छन् भने सुधारगृह तर्फ ६ सय १८ जना छन् ।
यसै क्रममा १० कैदीको मृत्यु पनि भएको छ जसमध्ये ५ जना कारागारका ५ जना सुधारगृहका छन् ।
हाल कूल कैदीको संख्या २४ हजार २ सय २८ जना छन् । यसमा कारागारका २३ हजार ४ सय ३० छन् भने सुधारगृह तर्फ ७ सय ९८ जना छन् ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ आश्विन २०

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ आश्विन २०

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ आश्विन २०

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP