२०८२ फाल्गुन २५
March 9, 2026, Monday

खुर्सानी खेतीबाट कमाउँदै रामेछापका किसान

खुर्सानी खेतीबाट कमाउँदै रामेछापका किसान

कोशीपारी अनलाइन संवाददाता
असोज १४, काठमाण्डौं

रामेछाप । रामेछापमा अकबरे खुर्सानी खेतीको राम्रो सम्भावना रहेको पाइएको छ ।
नगदे बालीको रुपमा रहेको अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन लागेपछि किसानहरू त्यस तर्फ आकर्षित भएका छन् ।
समुन्द्र सतहदेखि एक हजार मिटरदेखि १५ सय मिटरसम्मको उचाइमा सम्ममा राम्रो उत्पादन हुने खुर्सानीको लागि रामेछापमा उपयुक्त हावापानी भएको खाँडादेवी गाउँपालिका–५ का कृषक किशोर पौडेल बताउँछन् ।
आफ्नो २ रोपनी भन्दा बढी जमिनमा अकबरे खुर्सानी लगाउनु भएका किशोरले रामेछाप जिल्लमा पहिलो पटक मल्चिङ प्रविधिबाट खुर्सानी लगाएका छन् । खेती लगाएको तीन महिनाबाट उत्पादन दिन सुरु गर्ने खुर्सानीका बोटले लगातार ५ वर्षसम्म उत्पादन दिने उनले बताए ।
पानी कम पर्ने र केही भिरालो जमिनमा खुर्सानीको राम्रो खेती हुने उनले बताए । सुक्खा याममा भने पानी परेन भने खुर्सानीलाई पानी दिनु पर्ने उनको भनाइ छ ।
काँचो अकबरे खुर्सानी बारीबाट नै २ सयदेखि २ सय ५० रुपैँया किलोसम्ममा बिक्री हुने गरेको पौडेलले बताए । काँचो बिक्री नहुँदा पनि सुकाएर बिक्री गर्न सकिने भएको खुर्सानी खेती सहज भएको उनको भनाइ छ ।
खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने भएपछि रामेछापका विभिन्न क्षेत्रका किसानहरू व्यावसायिक खुर्सानी खेतीमा लागेका छन् । यसबाट किसानले राम्रो कमाइ गर्न पनि लागेका छन् ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ आश्विन १४

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ आश्विन १४

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ आश्विन १४

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP