२०८२ फाल्गुन २५
March 9, 2026, Monday

राष्ट्रपति पौडेलद्वारा बडादशैंको शुभकामना सन्देश : समृद्धि, एकता र सहकार्यको अपिल

राष्ट्रपति पौडेलद्वारा बडादशैंको शुभकामना सन्देश : समृद्धि, एकता र सहकार्यको अपिल

कोशीपारी अनलाइन संवाददाता
असोज १३, काठमाण्डौं

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको महान चाड बडादशैं २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले दशैंलाई असत्यमाथि सत्यको विजयको रूपमा लिइने पर्व भएको उल्लेख गर्दै यसले पारिवारिक जमघट, सामाजिक मेलमिलाप, सद्भाव र भाइचारालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । ‘दशैंको उपलक्ष्यमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको छ,’ सन्देशमा भनिएको छ ।
राष्ट्रपतिले दशैं पर्वले मुलुकमा विद्यमान भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्दै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरेका छन्। साथै, दशैंमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त रूपमा अभिव्यक्त हुने परम्पराले पनि यस पर्वको महत्त्व अझ बढाएको उनको भनाइ छ ।
राजनीतिक स्थायित्वको सन्दर्भमा राष्ट्रपति पौडेलले तोकिएको समयमा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबै पक्षलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न अपिल गरेका छन् ।
साथै, मुलुकमा उत्पन्न असाधारण परिस्थिति, मानवीय क्षति र सरकारी, संस्थागत तथा निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिको उपयुक्त व्यवस्थापन गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।
राष्ट्रपतिले वर्तमान राजनीतिक परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त होस् भन्ने कामना गर्दै समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गरेका छन् । उनले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दै सबै नेपालीमा आपसी एकता, न्याय र समानतासहितको आर्थिक समृद्धिमा अग्रसर हुन आग्रह गरेका छन् ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ आश्विन १३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ आश्विन १३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ आश्विन १३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP