२०८२ फाल्गुन २९
March 13, 2026, Friday

दशैंविहीन खोकनामा सिकाली जात्राको रमझम

दशैंविहीन खोकनामा सिकाली जात्राको रमझम

कोशीपारी अनलाइन संवाददाता
असोज ११, काठमाण्डौं

ललितपुर । ललितपुरको खोकनाबासी यतिवेला दशैंको सट्टा सिकाली जात्रा मनाउन व्यस्त छन् । दसैं नमनाउने गाउँ भनेर चिनिने खोकनामा सिकाली जात्रा सुरु भइसकेको छ ।
ललितपुर महानगरपालिकाको वडा नं २१ मा पर्ने खोकनामा दसैंको घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनदेखि रुद्रायणी स्कूलअघि राँगाको बलि दिएर सुरु भएको हो ।
जात्रामा देवी रुद्रायणीलाई सम्मान र पूजा गर्ने परम्परा छ । विशेषत पाँच दिनसम्म मनाइने यो जात्रामा पञ्चमीको दिन मूल जात्राका रूपमा खट जात्रा गरिन्छ भने षष्ठीका दिन देवताका विभिन्न स्वरूपमा मुकुण्डो लगाएका १६ जना र अरू वाद्यवाधक सहित ४६ जना मिलेर खोकना परिक्रमा गर्ने गरिन्छ ।
स्थानीय हिराकाजी महर्जनका अनुसार कुमार केटाहरूले गाउँ परिक्रमा गरि संकलन गरेका पूजा सामग्रीले तृतीयाको दिन सिकाली चौरमा गएर पूजा गर्ने प्रचलन रहेको छ ।
‘सिकाली हिड्ने ११ गते पञ्चमीबाट हो । १२ गते षष्ठीका दिन लाछी टोलमा पुगिन्छ । त्यसको पछि रुद्रायणी देवतालाई खटमा राखि सबै जनाले पुजा गर्छन् र बेलुका जात्रा निकालिन्छ,’ उनले भने, ‘हामी माथि बसेर भोज खान्छौ र नाइकेले सुकुन्डा झ्यालबाट नदेखाइ खट उचाल्न मिल्दैन ।’
सिकाली जात्राका बेला देखाइने नाच, तान्त्रिक विधिबाट गरिने पूजा तथा अन्य कामहरुलाई विभिन्न गुठीमा कार्यविभाजन गरिने पनि महर्जनले बताए ।
सिकाली जात्रामा रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रह्मा, विष्णु, महादेव, इन्द्रायणी, वाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्ति कुमारको नाच देखाइन्छ ।
सबै देवगणलाई मन्दिरभित्र लगेर वीरभद्र, महाकालीका रूपमा तान्त्रिक विधिबाट पुजा गरि मन्दिरबाहिर निकालेपछि सिकाली परिसरमा नचाइने र यो नाच नै जात्राको मुख्य आकर्षण रहेको महर्जनले बताए ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०८२ आश्विन ११

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०८२ आश्विन ११

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०८२ आश्विन ११

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP