२०८२ फाल्गुन २५
March 9, 2026, Monday

प्रशिक्षक भट्टले लिए भलिबलबाट विश्राम

प्रशिक्षक भट्टले लिए भलिबलबाट विश्राम

कोशीपारी अनलाइन
असोज ८, काठमाण्डौं

नेपाली भलिबलका सर्वाधिक सफल प्रशिक्षक जगदीश भट्टले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सम्बन्धित बाहेक भलिबलको सबै भूमिकाबाट अलग हुने निर्णय लिएका छन्।

‘आगामी दिनमा राखेपको कार्यक्रमबाहेक त्यो पनि जागिरमै रहेसम्म मात्र संलग्न रहनेछु। अन्यथा, काम गर्न नसकिने अवस्थामा बसिरहनु भन्दा बाहिरबाटै भलिबल खेललाई सहयोग गर्ने बाटो रोज्नेछु। यसबाहेक अन्य कुनै गतिविधि (छनोट वा सहभागिता)मा संलग्न नहुने निर्णय लिएको छु भन्ने कुरा यहाँहरूलाई अवगत गराउन चाहन्छु, ‘ सामाजिक सन्जालमा भट्टले लेखेका छन्।

भट्टले राष्ट्रिय महिला टोलीलाई दुई पटक सेन्ट्रल जोन जिताएका थिए। त्यस्तै उनको प्रशिक्षणमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो। सागमा महिला भलिबलको अहिले सम्मको ठूलो सफलता हो।‌ त्यसअघि नेपाल ३ पटक कास्य पदक जितेको थियो।

दुई दशक भन्दा लामो‌ समयदेखि प्रशिक्षणमा संलग्न भट्ट राखेपमा तामिल तथा प्रशिक्षण विभागका उपनिर्देशक तथा भलिबलका मुख्य प्रशिक्षक हुन्। कन्चनपुरका भट्ट नेपाल भलिबल संघका मुख्य प्रशिक्षक हुन् । उनले राष्ट्रिय पुरुष टोली र युवा टोलीलाई प्रशिक्षण दिइसकेका छन् ।

उनले लेखेका छन्, ‘ विगत तीन दशकको यात्रापछि—
मैले जे–जे गरेँ, त्यो पेशा र राष्ट्रको धर्म सम्झेर मात्र गरेँ। नेपाली भलिबललाई राष्ट्रिय खेलको रूपमा स्थापित गर्न र परिणाममुखी बनाउनका लागि आफ्ना व्यक्तिगत इच्छा–चाहनालाई त्यागेर यहा सम्म ल्याइपुर्याउन जे जे गरे सबै माझ छर्लङ्ग छ।

अझ राम्रो गर्न खोज्दा आइपर्ने हरेक समस्याको समाधान गर्दै आज यहाँसम्म आइपुगेको छु। यस यात्रामा साथ, सहयोग वा आलोचना गर्नु हुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु। पेशा र राष्ट्रका खातिर पटक–पटक अवहेलना सहँदै ‘थोरै भए पनि केही गरौँ’ भन्ने सोचका साथ लागेको थिएँ। तर अब त्यो अवस्था रहेन। ‘

भलिबल परिवारबाट पाएको असहयोग र पटक पटक खेप्नु परेको आलोचनाको पीडाले आफ्नो स्वास्थ्य अवस्था समेत बिग्रिएको भट्टले बताएका छन् ।

उनले अगाडि भनेका छन्, ‘त्यसैले नकारात्मक, निराशावादी र स्वार्थी व्यक्तिहरूको झुन्डबाट अलग हुँदै अब बिश्राम लिने निर्णय लिएको छु। असन्तुष्ट प्राणि हरुको इच्छा पुरा गर्ने कोशिस गर्नु होला मैले सकिन है । पारिवारिक दबाबले यो निर्णय लिएको हो। तर भलिबल खेल मेरो आत्मा हो—यो सदैव मेरो जीवनसँग रहनेछ। जहाँ म खुशीसाथ आफ्ना अनुभव बाँड्न सक्छु, त्यहीँ म पुग्नेछु।’

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ आश्विन ८

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ आश्विन ८

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ आश्विन ८

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP