२०८२ फाल्गुन २९
March 13, 2026, Friday

बीमामार्फत प्रदान हुने आठ कडा रोगको एकीकृत सुविधा आउँदो कार्तिकदेखि

बीमामार्फत प्रदान हुने आठ कडा रोगको एकीकृत सुविधा आउँदो कार्तिकदेखि

कोशीपारी अनलाइन संवाददाता
भदौ २०, काठमाण्डौं

स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो कार्तिक १ गतेदेखि पाउने भएका छन् ।
मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।
एकीकृत सुविधाको कार्यान्वयनका लागि मन्त्रालयले हालसालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन) स्वीकृत गरेका थियो। संशोधित निर्देशिकाअनुसार, विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो ।
सेवा निरन्तरताका लागि असोजभित्र बीमा अनिवार्य
यो सुविधा कार्तिक १ गतेबाट स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले हाल उपचार सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्ने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताएका छन् ।
‘अब विपन्न नागरिकले ८ कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बीमा अनिवार्य गरिएको छ र यो सुविधा कार्तिक १ गतेबाट बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुनेछ,’ उनले भने ‘हाल उपचाररत बिरामीहरूको सेवा निरन्तर होस् भनेर हामीले आउँदो असोज मसान्तभित्र बीमामा दर्ता भइसक्न अनुरोध गरेका छौँ। यो व्यवस्थाले छरिएर रहेका कार्यक्रमलाई एकद्वार प्रणालीमा ल्याई राज्यको स्रोतको सही उपयोग सुनिश्चित गर्छ ।,’
मन्त्रालयले सेवाको निरन्तरता सुनिश्चित गर्न हालका सेवाग्राहीहरूलाई आउँदो असोज मसान्तभित्र बीमामा दर्ताको व्यवस्था मिलाउन निर्देशन दिँदै स्वास्थ्य बीमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई पत्र पठाएको छ ।
‘विपन्न नागरिकका लागि आठ कडा रोगमा उपलब्ध गराउँदै आएको उपचार सुविधा प्राप्त गर्न स्वास्थ्य बीमामा अनिवार्य विमित हुनुपर्ने व्यवस्था स्वीकृत निर्देशिकाको दफा ४ क.मा उल्लेख भएकोले उपरोक्त निर्देशिका बमोजिमको सेवा निरन्तरताका लागि सेवाग्राहीलाई स्वास्थ्य बीमामा आबद्ध हुन असोज मसान्तसम्म समय दिने र उक्त सेवा लिईरहेका सेवाग्राहीहरुलाई सो समयावधि भित्रै बिमित हुने व्यवस्था मिलाउनका लागि यस मन्त्रालयको मिति २०८२।०५।१९ (माननीय मन्त्रिस्तरको) निर्णयानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०८२ भाद्र २०

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०८२ भाद्र २०

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०८२ भाद्र २०

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP