२०८३ बैशाख ३
April 16, 2026, Thursday

भारतको आसामसँग नेपालको ‘ए’ क्रिकेट टोली पराजित

भारतको आसामसँग नेपालको ‘ए’ क्रिकेट टोली पराजित

काठमाडौं। भारतको आसाम स्टेट टोलीसँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालको ‘ए’ टोली पराजित भएकोछ।बिहीबार भारतको गुवाहाटीमा भएको खेलमा नेपालको ए टोलीमाथि आसामले डिएसएल मेथडमा १५ रनको जित निकालेको हो।

पहिले ब्याटिङ गरेको आसामले ८ विकेटको क्षतिमा १९० रन जोड्यो। आसामका लागि कप्तान तथा विकेटकिपर सुमित झाडीगाओकरले ३४ रन बनाए भने सुमित कश्यपले २२ रन बनाए। अभिनव चौधरीले नटआउट २६ रन बनाए।

बलिङमा नेपालका आकाश चन्दले ३ विकेट लिए भने कमलसिंह ऐरी र विवेककुमार यादवले २(२ विकेट हात पारे। आदिल अन्सारीको नाममा १ विकेट रह्यो। सागर ढकाल र बसिर अहमदले विकेट लिन सकेनन्।

१९१ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको नेपाल ८ ओभरमा ६४(३ को अवस्थामा खेल वर्षाले अवरुद्ध भयो। फेरि खेल हुन नसकेपछि आसाम विजयी भयो।

नेपालका लागि शुभ कंसाकार ३३ रन र सन्दीप जोरा २ रन बनाएर खेलिरहेको अवस्था थियो। ओपनरद्वय इशान पाण्डे १ रन र कप्तान अनिल साह २० रनमा आउट भएका थिए। यस्तै पवन सर्राफले पनि ६ रन मात्र जोड्न सके।

सिरिजको दोस्रो खेल अब शुक्रबार हुनेछ। लगातार सोमबारसम्म खेल भएपछि सिरिज सकिनेछ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ भाद्र १२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ भाद्र १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ भाद्र १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP