काठमाडौँ । बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकाको कलेजमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
बंगलादेशको मिडिया डेली स्टारका अनुसार कलेजमा कक्षा चलिरहेको बेला भएको एयर फोर्सको जेट दुर्घटनामा २० जनाको मृत्यु भएको र ७ जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना विद्यालयका विद्यार्थी रहेको धेरै जस्तो १२ बर्षभन्दा कम उमेरका रहेको बताइएको छ । त्यस्तै ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र कैयौंको अवस्था गम्भीर रहेको बताइएको छ ।
विमान ढाकाको उत्तरा मोडेल टाउनको सेक्टर ११ स्थित गरिब-ए-नेवाज एभिन्यूमा रहेको माइलस्टोन स्कूल र कलेजको मुख्य क्याम्पसमा खसेको थियो ।
बंगलादेश वायुसेनाले दुर्घटनाको अनुसन्धान गर्न र यसको कारण पत्ता लगाउन उच्चस्तरीय समिति गठन गरेको छ । सेनाले पाइलट, फ्लाइट लेफ्टिनेन्ट तौकिर इस्लाम, नियमित प्रशिक्षण मिसनमा रहेको र जेटको यान्त्रिक विफलताको सामना गरेपछि दुर्घटना भएको जनाएको छ । साथै सेनाले वास्तविक कारण अनुसन्धानपछि पत्ता लाग्ने बताएको छ ।
सेनाले पाइलटले विमानलाई घना बस्ती भएका क्षेत्रहरूबाट टाढा लैजान खोजेको तर उनको प्रयासका बाबजुद विमान स्कूल भवनमा ठोक्किएको बताएको छ ।
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...