२०८२ फाल्गुन २९
March 13, 2026, Friday

मुम्बई आईपीएलको प्ले अफमा

मुम्बई आईपीएलको प्ले अफमा

मुम्बई| मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा पुग्ने चौथो टोली बनेको छ ।बुधबार भएको खेलमा दिल्ली क्यापिटललाई ५९ रनले हराउँदै मुम्बई इन्डियन्स प्ले अफमा प्रवेश गरेको हो ।यस अघि नै गुजरात टाइटान, रोयल च्यालेन्जर बंगलोरु र पन्जाब किङ्स प्ले अफमा प्रवेश गरिसकेका छन् । मुम्बईले अन्तिम खेल पन्जाबसँग खेल्ने छ ।दिल्लीका समीर रिझवीले सर्वाधिक ३९ रन बनाए । मुम्बईका मिचेल स्यान्टनर र जसप्रति बुमराहले समान ३ विकेट लिए ।

त्यसअघि टस हारेको मुम्बईले पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । उसका सूर्यकुमार यादवले सर्वाधिक ७३ रन बनाए । दिल्लीका मुकेश कुमारले २ विकेट लिए । यो जीतसँगै मुम्बईले १३ खेलबाट १६ अङ्क बनाएको छ । दिल्लीको १३ अङ्क मात्र छ । दिल्लीसँगै कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स लिग चरणबाट बाहिरिएका छन् ।जबाफमा आएको दिल्ली १८.२ ओभरमा १ सय २१ रनमा अलआउट भयो । मिचेल सान्टनर र जस्प्रित बुमराहले ३–३ विकेट लिए । दिल्लीबाट समीर रिज्भीले ३५ बलमा ६ चौका र १ छक्का प्रहार गरी ३९ तथा विपराज निगमले २० रन बनाए ।

पाँच पटकको च्याम्पियन मुम्बई भने प्लेअफ पुग्ने चौथो टोली बनेको छ । यसअघि गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेङ्गलुरु र पन्जाब किङ्ग्स प्लेअफमा पुगिसकेका छन् । आज (बिहीबार) गुजरात र लखनउ खेल्ने तालिका छ ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०८२ जेष्ठ ८

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०८२ जेष्ठ ८

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०८२ जेष्ठ ८

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP