काठमाडौं । इजरायली सेनाले गाजामा बमबारी जारी राखेको छ । पछिल्लो समय ‘सुरक्षित क्षेत्र’ भनिएको अल–मावासीमा आक्रमण गरेको छ ।
उक्त आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । इजरायलले गाजामा थप आक्रमणको तयारी गरिरहेका बेला यो आक्रमण भएको हो । पछिल्लो समय इजरायली सेनाले स्थल आक्रमणलाई विस्तार गर्ने तयारी गरिरहेको । यसैबेला कतारमा हमाससँग युद्धविराम वार्ता पनि चलेको छ ।यसैबीच, इराकको राजधानी बग्दादमा भेला भएका अरब देशका नेताहरूले गाजामाथिको युद्ध तत्काल अन्त्य गर्न माग गरेका छन् ।उनीहरूले गाजामा मानवीय सहायता पुर्याउन अन्तर्राष्ट्रिय समुदायसँग हस्तक्षेपको अपिल गरेका छन् ।
इजरायलले प्रस्तावित सम्झौताप्रति हालसम्म सार्वजनिक प्रतिक्रिया दिएको छैन । तर वार्ता अगाडि यसले गाजाबाट आफ्ना सैनिक हटाउने वा युद्ध अन्त्य गर्ने प्रतिबद्धता नलिने स्पष्ट पारेको थियो ।
यसैबीच इजरायली सेनाले शनिबार नै अपरेसन गिदोन्स च्यारियट्स नामक नयाँ आक्रमण सुरु गरेको घोषणा गरेको थियो । दुईदिनदेखि गाजामा ठूलो हवाई हमला भएको छ । उक्त हमलामा परी उद्धारकर्मीहरूका अनुसार बिहीबारदेखि कम्तीमा ३०० जनाको मृत्यु भएको छ ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...