२०८२ कार्तिक २१
November 7, 2025, Friday

गाजाको सुरक्षित क्षेत्र मानिने अल-मावासीमा इजरायली आक्रमण, ३६ जनाको मृत्यु

गाजाको सुरक्षित क्षेत्र मानिने अल-मावासीमा इजरायली आक्रमण, ३६ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाले गाजामा बमबारी जारी राखेको छ । पछिल्लो समय ‘सुरक्षित क्षेत्र’ भनिएको अल–मावासीमा आक्रमण गरेको छ ।

उक्त आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था  अलजजिराले जनाएको छ । इजरायलले गाजामा थप आक्रमणको तयारी गरिरहेका बेला यो आक्रमण भएको हो । पछिल्लो समय इजरायली सेनाले स्थल आक्रमणलाई विस्तार गर्ने तयारी गरिरहेको  । यसैबेला कतारमा हमाससँग युद्धविराम वार्ता पनि चलेको छ ।यसैबीच, इराकको राजधानी बग्दादमा भेला भएका अरब देशका नेताहरूले गाजामाथिको युद्ध तत्काल अन्त्य गर्न माग गरेका छन् ।उनीहरूले गाजामा मानवीय सहायता पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसँग हस्तक्षेपको अपिल गरेका छन् ।

इजरायलले प्रस्तावित सम्झौताप्रति हालसम्म सार्वजनिक प्रतिक्रिया दिएको छैन । तर वार्ता अगाडि यसले गाजाबाट आफ्ना सैनिक हटाउने वा युद्ध अन्त्य गर्ने प्रतिबद्धता नलिने स्पष्ट पारेको थियो ।

यसैबीच इजरायली सेनाले शनिबार नै अपरेसन गिदोन्स च्यारियट्स नामक नयाँ आक्रमण सुरु गरेको घोषणा गरेको थियो । दुईदिनदेखि गाजामा ठूलो हवाई हमला भएको छ । उक्त हमलामा परी उद्धारकर्मीहरूका अनुसार बिहीबारदेखि कम्तीमा ३०० जनाको मृत्यु भएको छ ।

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०८२ जेष्ठ ४

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०८२ जेष्ठ ४

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०८२ जेष्ठ ४

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP