२०८२ फाल्गुन २५
March 9, 2026, Monday

प्रकृतिको अनुपम उपहार कुविन्डे ताल

प्रकृतिको अनुपम उपहार कुविन्डे ताल

 

प्रकृतिको अनुपम उपहार कुविन्डे ताल बन्काड कुविन्डे नगरपालिका वडा नं. १ मा अवस्थित रहेको छ । पछिल्लो सर्वेक्षणअनुसार दहको गहिराई ३४ मिटर रहेको छ भने लम्वाई ८३४ मिटर, चौडाइँ ५३८ मिटर रहेको छ । यसै गरि दह २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । समुन्द्री सतहदेखि ११५० मिटरको उचाइँमा रहेको यो ताल ३ तर्फ जंगलले घेरिएको छ भने उत्तरतिर पानीको निकास रहेको छ ।हेर्दा कुविन्डाको आकारको भएको हुँदा यसको नाम कुविन्डे दह रहेको भनिन्छ भने तालको माथिल्लो भागमा कुभिन्डे गाउँ पनि रहेको छ । यस दहको पानी बालुवा संग्रही खोलामा परिणत भएर भेरीमा नदीमा समाहित हुन्छ ।

अग्ला पहाड हरुले चारैतिरबाट घेरिएको कुविन्डे ताल क्षेत्रमा हरियो सल्लाघारी सुसाइरहेको सुनिन्छ । बीचमा नीलो र निर्मल ताल यसो हेर्दा मुटु/ पानको पात जस्तो देखिन्छ । सरर्र चिसो हावा चलि रहनेहुनाले , हावाको वेगसँगै बग्ने लहरले कलात्मक दृश्य तालमा कोरिदिन्छ जसलाई हेर्दा स्वर्गको अनुभूति हुन्छ ।

कुविन्डे तालको किनारमा लस्करै कलात्मक डुंगाहरु राखियको छ भने नजिकै भैरवको मन्दिर छ । त्यहाँ ईश्वरको बास भएको जन विश्वास रहेको छ । भैरवको शक्तिका कारण तालमा पात पर्ने बित्तिकै चराले टप्प टिपेर लान्छन् र ताल सधै सफा र कन्चन देखिन्छ ।

दह हुनुपूर्व गाउँ भएको यस स्थानमा एक पटक एउटा साधु त्यसगाउँमा बास बस्न आएछन् । गाउँभरि कसैले वास दिए पछि एकजना वृद्धाले वास त दिइन तर खानेकुार केही नभएको हुँदा अन्यत्रबाट मागेर ल्याएर खान दिइछन् । ती साधुले भोलीपल्ट विहान बास दिने वृद्धालाई भनेछन् म कैलु बराह हुँ । यो गाउँलाई पानीमा डुवाई दिन्छु । तपाई कुविन्डे गाउँतिर जानुस भनेर गाउँलाई पानीको दह बनाई दिएछन् । त्यसैले पछिसम्म पनि दहभित्र भिभिन्न प्रकारका आकृतिहरु देखिने गरेको किम्वदन्ती पाइन्छ ।

 

हाल कुविन्डे दह नेपालका १०० गन्तव्यहरुभित्र चयन भएकाले यसको सदुपयोग गर्न हर प्रयास गर्नुपर्दछ । दहको तीनतिर जंगल भएर पनि एउटा पनि पात पतिङ्गर नदेखिनु, त्यस्ता पतिङ्गर चराले टिपेर लैजानु, पानीले बर्षाद्, हिउँद र गर्मीमा आफ्नो रंग बदल्ने आकर्षक तालको वरिपरि रहेको जंगलको संरक्षण, त्यहाँसम्म पुग्ने बाटोको पिन हुनुपर्ने र तलाउमा जाने गेग्रानहरुलाई बस्न नदिने तटवन्ध निर्माण र त्यहाँ पुग्ने नित्य नैमित्य पुजा र पूर्णिमा, संक्रान्तिमा हुने विशेष पुजाको लागि नरपालिकाबाट बजेट व्यवस्था, तलाउमा सयर गर्नका लागि आधुनिक ढुंगाहरुको व्यवस्थाको लागि पहल लिन आवश्यक छ । जनस्तरबाट सुविधा सम्पन्न होटेल, मित्रतापूर्ण व्यवहारको बिकास गरि सल्यान लगायत समग्र कर्णालीको आर्थिक बिकास मा सुधार गर्न सकिन्छ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP