काठमाडौं – सरकारले प्रतिस्थापन बिधेयकमार्फत रासायनिक मल खरिद गर्न तीन अर्ब रुपैयाँ बजेट थप गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा रासायनिक मल खरिद गर्न मन्त्रालयलाई तीन अर्ब रुपैयाँ रकम थप गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
संशोधित बजेटमा तीन अर्ब रुपैयाँ मलका लागि थपिएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए । अघिल्लो सरकारले पेश गरेको बजेटमा थप हुनेगरी उक्त रकम विनियोजन भएको उनको भनाइ छ । बजेट थपसँगै अब रासायनिक मल खरिदका लागि यो वर्ष कुल विनियोजन हुने रकम १५ अर्ब रुपैयाँ पुगेको प्रवक्ता सञ्जेलले बताए ।
केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा रासायनिक मल खरिदका लागि १२ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । १२ अर्ब रुपैयाँमा अहिलेको बजार मूल्यअनुसार तीन लाख मेट्रिकटन रासायनिक मल खरिद गर्न सकिने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । बढेको रकमबाट थप एक लाख १५ हजार मेट्रिकटन भन्दा धेरै मल खरिद गर्न सकिने कृषि सामग्री कम्पनीका सूचना अधिकारी राजेन्द्र कार्कीले बताए । यस वर्ष कुल १५ अर्ब बजेटबाट सवा चार लाख मेट्रिकटन मल खरिद गरिने उनले बताए । १२ अर्ब रुपैयाँ बराबरको तीन लाख मेट्रिकटन मल खरिदका लागि प्रक्रिया अघि बढीसकेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
बाली तथा पशु बिमाका लागि थप ३५ करोड
बजेटले बाली तथा पशु बिमामा अनुदानको आकार बढाएसंगै ३५ ककरोड रुपैयाँ अतिरिक्र बजेट पनि थप भएको छ । कृषि बाली तथा पशु बिमाको प्रिमियम अनुदान ५० बाट बढाएर ८० प्रतिशत पुर्याइएपछि थप ३५ करोड बजेट उक्र शीर्षकमा थप भएको मन्त्रालयले जनाएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...