२०८२ माघ ५
January 19, 2026, Monday

वृक्षरोपण अभियान : देशभर एक करोड वृक्षरोपण गरिने

वृक्षरोपण अभियान : देशभर एक करोड वृक्षरोपण गरिने

 

काठमाडौँ : राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान अन्तर्गत यस वर्ष एक करोड वृक्षरोपण गर्ने भएको छ । सरकारले देशभर गरी उक्त संख्यामा वृक्षरोपण गर्ने अभियान सञ्चालन गरेको छ। सरकारले निजामती कर्मचारीका साथै नेपाली सेना, प्रहरी, सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलगायत सबै राष्ट्रसेवक कर्मचारीलाई सामाजिक कार्यमा क्रियाशील गराउन र वातावरणलाई हरियाली प्रवर्धन गर्ने उद्देश्यले चालू आर्थिक वर्षमा एक करोड वृक्षरोपण गर्न लागेको हो।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गत भदौ १६ गते प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौ महानगरपालिका–१३ स्थित ताहचलको विष्णुमती करिडोर क्षेत्रमा वृक्षरोपण गरेर वृक्षरोपण अभियानको शुभारम्भ गर्नुभएको थियो । सरकारले निजामती सेवा दिवसको सन्दर्भमा सुरु गरेको वृक्षरोपण कार्य संविधान दिवस, प्रजातन्त्र दिवस, शिक्षा दिवसलगायतका विभिन्न महìव पूर्ण दिनमा सबै राष्ट्रसेवकले अभियानकै रूपमा सञ्चालन गर्नेछन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव तुलसीप्रसाद दाहालले कर्मचारीलाई सामाजिक कार्यप्रति लाग्न उत्साहित गर्दै थप सिर्जनशील बनाउने गरी राष्ट्रसेवक कर्मचारी वृक्षरोपण कार्यक्रम सुरुवात गरिएको बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत ४८ वटा डिभिजन वन कार्यालय, १४ वटा भू–संरक्षण कार्यालय, पाँचवटा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, विभिन्न स्थानमा भएका नर्सरीलगायत स्थानयबाट र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सबै मन्त्रालय, सातवटै प्रदेश कार्यालय, ७५३ स्थानीय तहबाट वृक्षरोपण गरिएको तथ्याङ्क लिइनेछ ।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०७८ आश्विन ३

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०७८ आश्विन ३

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०७८ आश्विन ३

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP