युवा पुस्तामाझ निकै लोकप्रिय बनिरहेको चिनियाँ एप टिकटकले अमेरिका र बेलायतमा युट्युबलाई पछि पारेको छ । एपहरुको अनुगमन गर्ने कम्पनी एप एन्नीको रिपोर्ट अनुसार हरेक प्रयोगकर्ताले एपमा बिताउने औसत समयको मामिलामा टिकटक सबैभन्दा अगाडि देखिएको छ ।
तथापि सम्पूर्ण प्रयोगकर्ताले समग्रमा खर्चिने कुल समयमा भने युट्युब नै पहिलो स्थानमा छ । युट्युब प्रयोगकर्ताको संख्या पनि टिकटकको तुलनामा अत्यधिक र लामो भिडियोहरु हुने हुनाले सम्पूर्ण प्रयोगकर्ताले खर्चिने कुल समय युट्युबको धेरै रहेको हो ।
रिपोर्ट अनुसार टिकटकलगायतका लाइभ स्ट्रिमिङ एपहरुले सर्जकहरुलाई भुक्तानी गर्ने रकममा पनि तीव्र वृद्धि भैरहेको छ । सन् २०२१ को पहिलो अर्धवार्षिकमा शीर्ष २५ वटा सोसल मिडिया एपहरुले सर्जकहरुलाई भुक्तानी गरेको कुल रकमको तीन चौथाई रकम लाइभ स्ट्रिमिङ फिचर भएका एपहरुले भुक्तान गरेका छन् । त्यस्तै प्रयोगकर्ताले एपमा खर्चिने रकममा पनि लाइभ स्ट्रिमिङ फिचरयुक्त एपहरु अग्रस्थानमा छन्।
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...