२०८२ फाल्गुन ४
February 16, 2026, Monday

कोरोना सङ्क्रमण दर घट्यो, निको हुनेहरु बढे,अस्पतालका शय्या खाली हुँदै

कोरोना सङ्क्रमण दर घट्यो, निको हुनेहरु बढे,अस्पतालका शय्या खाली हुँदै

पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको पाइएको छ । पछिल्लो पटक मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् ।

सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेर खोप लगाएको र यसबाट रोग प्रतिरोधात्मक क्षमता बढ्न गई सङ्क्रमण घटेको चिकित्सकको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने काम सरकारको पहिलो प्राथमिकता रहेको भन्दै यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसैले धेरै नागरिकले खोप पाएका र जोखिममा रहेका सङ्क्रमित पनि निको भएपछि उनीहरुमा पनि एन्टिबडीसमेत बनिसकेकाले सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या घट्दै गएको पाइएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पछिल्लो हप्ता सङ्क्रमण दरमा कमी आएको जानकारी दिए । उनका अनुसार पहिले परीक्षण गराएकामध्ये २२ प्रतिशत सङ्क्रमण हुने गरेको पाइएको भए पनि अहिले त्यसमा कमी आएको छ । उनका अनुसार अहिले पीसीआर परीक्षण गरेकामध्ये १३ देखि १५ प्रतिशतमा मात्र सङ्क्रमण देखिएको छ ।

सङ्क्रमित हुनेको सङ्ख्यामा कमी आएपछि अस्पतालमा भर्ना हुने बिरामी पनि विगत १० दिनदेखि कमी हुँदै आएको अस्पतालले जनाएका छन्। सङ्क्रमणको दोस्रो लहर आएसँगै साउनमा सङ्क्रमण बढेकामा अहिले आएर भने कमी देखिएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुपराज बाँस्तोलाले पहिलेभन्दा सङ्क्रमित भएर उपचार गराउन आउने विरामीको सङ्ख्यामा कमी आएको जानकारी दिए । उनका अनुसार शुक्रराजमा सघन उपचार कक्षमा १३ जना, १५ जना एचडियु, तीन जना आकस्मिक कक्ष र तीन जना क्याविनमा रहेका छन । शुक्रराजमा अक्सिजन चाहिने मात्र बिरामीलाई भर्ना गरिन्छ । “पहिले दैनिक २५ देखि ३० जना बिरामी आकस्मिक कक्षमा आउने गर्दथे”, उनले भने “तर अहिले त्यो सङ्ख्या घटेर दैनिक बढीमा १० जना बिरामी उपचार गर्न आएका छन् ।” उनले समुदाय नै सङ्क्रमण भएको र ती निको भएका व्यक्तिमा एन्टिबडी बनेकाले पनि सङ्क्रमणले आक्रमण नगरेको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा दुई हजार ९३६ मा सङ्क्रमण देखिएकामा हिजो ९मङ्गलबार० भदौ २२ गते पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनामा परीक्षण गर्दा एक हजार ६७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला र जोरबिजोर हटाउँदै सबै सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाएसँगै सङ्क्रमण बढेको थियो । यस्तै एक मात्रा खोप लगाएका व्यक्तिहरुमा ८० प्रतिशतमा र पूर्णमात्रा खोप लगाएकामा ९० प्रतिशतमा एन्टिबडी बनेको मन्त्रालयले जनाएको छ । नेपालमा ५० वर्षभन्दा माथिका प्राय सबैले खोप लगाइसकेका छन् ।

नेपालमा दैनिक एक लाख जनाले खोप लगाइरहेका छन् । नेपालमा अहिलेसम्म ५६ लाख तीन हजार ७५७ जनाले पहिलो मात्रा र ५० लाख १२ हजार ८२१ जनाले पूर्ण मात्राको खोप लगाइ सकेका छन् । नेपालले कोभ्याक्स सुविधा, अनुदान र खरिद गरेर अहिलेसम्म एक करोड ३३ लाख खोप ल्याइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्ने उपायहरुमध्ये भरपर्दो उपाय खोप देखिएकाले नेपाल सरकारले यसमा प्राथमिकता दिएर खोप भित्र्याएको छ ।

मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पतालमा अहिले साधारण शय्यामा ५८ जना, आइसियुमा २९, भेन्टिलेटरमा २९ र हाइडिपेन्डेन्सी ९एचडियु०मा ११ जना बिरामी उपचारत छन् । यस्तै वीरेन्द्र अस्पताल छाउनीमा चार जना साधारण शय्यामा, १९ जना एचडियु, १० जना आइसियु र तीन जना भेन्टिलेटरमा रहेका छन् ।

गत फागुन र चैतमा पनि सङ्क्रमण बढेको थिएन । वैशाखमा सङ्क्रमणको दोस्रो लहर आएपछि सङ्क्रमण बढेको थियो । नेपालमा शुरुदेखि अहिलेसम्मको सङ्क्रमणदर भने १९।३ प्रतिशत रहेको छ । सरकारले असोजसम्म कूल जनसङ्ख्याको ३३ प्रतिशत र चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दुई दिनअघि दिएको जानकारीअनुसार सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप ल्याउने अन्तिम तयारी गरेको छ ।

यही भदौ २१ गते १५ हजार ९७९ जनामा कारोना भाइरसको परीक्षण गर्दा एक हजार ८९७ जनामा सङ्क्रमण देखिएको हो । यस्तै भदौ २० गते एक हजार ८९ जना, भदौ १९ गते एक हजार २६८ जना, भदौ १८ गते एक हजार ७५६ जना, भदौ १७ गते दुई हजार चार जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै भदौ १६ गते दुई हजार ५२ जना, भदौ १५ गते एक हजार ६६४ जना, भदौ १४ गते दुई हजार २९५ जनामा भदौ १३ गते एक हजार ३८८ जना र भदौ १२ गते एक हजार ८५७ मा सङ्क्रमण देखिएको थियो । सङ्क्रमणबाट निको हुने दर पनि दैनिक बढिरहेको छ । मन्त्रालयका अनुसार अहिले निको हुने दर ९४।७ प्रतिशत पुगेको छ । हिजो दुई हजार ७२ जना निको भएका थिए । भदौ १५ गतेदेखि निको हुने दर लगातार बढेको हो ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP