२०८२ माघ ५
January 19, 2026, Monday

पहिलो हाफमा भारतमाथि नेपालको अग्रता, अन्जनले गरे गोल

पहिलो हाफमा भारतमाथि नेपालको अग्रता, अन्जनले गरे गोल

कोशीपारी अनलाईन / काठमाण्डौं
भाद्र १७, २०७८

भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ। नेपालका लागि अन्जन विष्टले ३६ औं मिनेटमा गोल गरेका छन्। खेलको पहिलो हाफ चलिरहँदा नेपाल १-० गोलले अघि बढेको छ। भारतीय डिफेन्डरले गोलकिपरलाई दिएको पास बीचैमा लिएर अन्जनले गोल गरेका हुन्।

सिमित दर्शकको उपस्थितिमा भइरहेको खेलमा नेपाल सरकार र विश्व फुटबल महासङ्घ (फिफा)ले तोकेको सबै मापदण्ड पूरा गरेका दर्शकलाई मात्र मैदानमा प्रवेश गराइएको छ।

नेपालसित मैत्रीपूर्ण खेल खेल्न भारतीय टोली सोमबार काठमाडौं आइपुगेको  थियो।

मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोलीले नेपालसित दुई मैत्रीपूर्ण खेल्नेछ।।

नेपाल र भारतबीच दशरथ रंगशालामा छ वर्षपछि फुटबल हुन लागेको हो।

भारतीय भूमीमा भने नेपाल र भारतबीच सन् २०१७ मा मुम्बईमा खेले भएको थियो। उक्त खेलमा नेपाल भारतसँग दुई शून्य गोलले पराजित भएको थियो । 

नेपाल र भारतबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ। दुवै देशले चार खेलमा बराबरी खेलेका थिए। भारतले नेपालको पोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा नौ गोल मात्र गर्न सकेको छ।

फिफाको बरियातामा भारत १०५औँ तथा नेपाल १६८औँ स्थानमा रहेका छन्। 

भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ।

नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ। नेपाली टोलीलाई हाल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहेका छन्। साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०७८ भाद्र १७

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०७८ भाद्र १७

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०७८ भाद्र १७

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP