२०८२ फाल्गुन २९
March 13, 2026, Friday

बच्चालाई नुहाउदा ध्यान दिनुपर्ने कुराहरु

बच्चालाई नुहाउदा ध्यान दिनुपर्ने कुराहरु

कोशीपारी अनलाइन/ महिला स्वास्थ्य
भाद्र १३, २०७८

बच्चाहरुलाई समय समयमा मालिश गर्नु र नुहाई दिनु एकदमै जरुरी हुन्छ । बच्चालाई कहिले र कसरी नुहाउने कुरा आफुले स्वयं तय गर्न सकिन्छ । बच्चालाई नुहाउने समयमा विशेष ध्यान दिनुपर्ने हुन्छ । किनभने बच्चालाई नुहाउने समयमा ध्यान नदिँदा धेरै प्रकारको समस्या निम्तिन सक्छ । बच्चा सुत्ने समय भएको बेला नुहाउनु हुँदैन्, बच्चालाई भोक लागेको बेला नुहाउनु हुँदैन् । बच्चालाई धेरै समय लगाएर नुहाएमा चिसो लागेर बिरामी पनि पर्न सक्छ । त्यसकारण बच्चा नुहाउँदा विशेष सावधानी र ख्याल राख्नु आवश्यक हुन्छ ।

कहिले नुहाउने ?

खासमा बच्चालाई सुर्योदय भन्दा पहिले वा बिहानको समयमा नुहाउनु सबैभन्दा राम्रो मानिन्छ । किनभने बिहान नुहाएपछि दिउँसो घाम चर्कदै जान्छ । बच्चालाई नुहाएर घाममा राख्न सकिन्छ । यस पुरानो परम्पराको पछाडी सायद केही तर्क अवश्य छ । नवजात शिशुले शरिरको तापक्रम नियन्त्रित गर्न सक्दैन र बच्चालाई चाँडै चिसो लाग्न सक्छ ।

बच्चालाई चिसो भएपछि उनीहरुले नुहाउदा आनन्द लिन सक्दैन् । त्यसैले दिउँसो घाम चर्कदा बच्चालाई नुहाउदा न्यानो हुन्छ र बच्चालाई आरामदायक तरिकाले नुहाइदिन सकिन्छ ।

यदि दिउँसो नुहाउन समय मिलेन भने साँझको समयमा पनि नुहाउदा राम्रो हुन्छ । कतिपयलाई लाग्छ साँझ नुहाउदा बच्चालाई चिसो लागेर बिरामी हुने खतरा बढ्छ । तर यो गलत हो ।

कस्तो हुनुपर्छ पानीको तापक्रम

नुहाउनको लागि हल्का तातो पानी प्रयोग गर्ने । बच्चालाई नुहाउनको लागि पानीको तापक्रम ३८ डिग्री सेल्सियस वा १००.४ डिग्री फहरनहाइटको तापक्रम चाहिन्छ । यदि तपाइसँग थर्मोमिटर छैन भने कुहिनाले पानीको जाँच गर्न सकिन्छ । कुहिनामा हल्का तातो महसुस हुनुपर्छ, धेरै तातो होइन ।

बच्चालाई नुहाउनुभन्दा अघि के गर्ने ?

–बच्चालाई नुहाउनु भन्दा अगाडि सबै तयारी गर्ने । पानी हल्का मनतातो बनाउने ताकी बच्चालाई चिसो नलागोस् ।
–हप्तामा हरेक दिन साबुन वा स्याम्पु लगाउन जरुरी हुँदैन् । हप्तामा दुई वा तीन पटक मात्र यसको प्रयोग गर्नुपर्छ ।
–जुन कम्पनीको प्रोडक्ट प्रयोग गर्दै हुनुहुन्छ, त्यसको म्यानुफ्याक्चरिङ डेट आदि राम्रोसँग हेर्नुपर्छ । त्यँहा दिएको निर्देशनहरु पनि राम्रोसँग पढेरमात्र प्रयोग गर्नुपर्छ ।
–नुहाउनुभन्दा अगाडी बच्चालाई मसाज गर्नुपर्छ । नुहाइसकेपछि पनि बच्चाको छालामा मोस्चरराइजर लगाउन नबिर्सनुहोस् । जसले गर्दा बच्चालाई चिलाउने वा पोल्ने हुँदैन् ।

साबुनको प्रयोग गर्नुभन्दा अघि

–पहिलो पटक बच्चाको साबुन वा स्याम्पुले नुहाउन लागेको हुनुहुन्छ भने उसको छालामा साबुन लगाएर हेर्ने ताकी बच्चालाई एलर्जी वा अन्य प्रकारको नोक्सान हुन्छ कि हुँदैन भनेर थाहा पाउन सकिन्छ । छालामा रातो देखिएमा त्यो प्रोडक्ट प्रयोग नगर्ने ।

– ६ महिनाभन्दा कम उमेरको शिशुलाई साबुनले रगडेर पनि नुहाउनु हुँदैन् । साबुनलाई हातमा लगाएर शिशुको छालामा लगाइ दिनुपर्छ ।

–सुगन्ध युक्त साबुनको प्रयोगबाट बच्नुहोस् । जुन साबुनबाट बास्ना अधिक आउँछ त्यसमा केमिकल धेरै हुन्छ जसले बच्चाको कोमल छालामा नकारात्मक असर गर्छ ।

–बच्चाको छालालाई धेरै रगड्नु हुँदैन् । किनभने बच्चाको छालामा धूलो जमेको हुँदैन् त्यती फोहोर पनि हुँदैन् । सिर्फ मसाज गर्ने र नुहाइदिए पुग्छ ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०७८ भाद्र १३

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०७८ भाद्र १३

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०७८ भाद्र १३

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP