२०८२ कार्तिक २३
November 9, 2025, Sunday

तामाङ पहिचान र संस्कृति विषयक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

तामाङ पहिचान र संस्कृति विषयक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोशीपारी अनलाइन संवाददाता / काठमाण्डौं
भाद्र १०, २०७८

नेपाल तामाङ घेदुङ इजरायलको अयोजनामा गत भदौ ६ गते तामाङ ज्ञान दिवसको अवसरमा तामाङ पहिचान र संस्कृति विषयक बृहत अन्तरक्रिया कार्यक्रम भर्चुअल मार्फत् सम्पन्न भएको छ ।
तामाङ पहिचान र तामाङ ज्ञान दिवस (गोने ङया) को अवसरमा आयोजन गरिएको वृहत अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताका रुपमा मानवशास्त्री डा. मुक्त सिंह तामाङ, प्रमुख अतिथिका रुपमा नेपाल तामाङ घेदुङका संघीय अध्यष मोहन गोले तामाङ रहनुभएको थियो भने कार्यक्रमको सभापतिमा नेपाल तामाङ घेदुङ इजरायलका अध्यक्ष सिता कुमारी घिसिङ रहनुभएको थियो ।
नेपाल तामाङ घेदुङ इजरायलका महासचिव शम्भु घिसिङ तामाङले संचालन गर्नुभएको कार्यक्रममा इजरायलमा रहेका विभिन्न ८ भन्दा बढी संघसंस्थाका विभिन्न प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको उक्त भर्चुअल अन्तरक्रिया कार्यक्रममा तामाङ समुदायको इतिहास, पहिचान, संस्कृति र परम्परा सम्बन्धि जानकारीहरु प्रदान गरि तामाङ समुदायलाई सुसुज्जित गर्ने उद्देश्यले तामाङ घेदुङ इजरायलले कार्यक्रम अयोजना गरेको थियो ।
कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहनुभएका मानवशास्त्री डा. मुक्त सिंह तामाङले तामाङ जातिको इतिहास, तामाङ समुदायको पहिचान, परम्परा, रीतिरिवाज, कला संस्कृतिको विषयमा आफ्नो गहन भनाईहरु प्रस्तुत गरेका थियो । तामाङ ज्ञान महोत्सवको विषयमा उहाँले भन्नुभयो ज्ञान भन्नाले तामाङ भाषामा शेरब भन्ने बुझिन्छ जुन चाहि लामा र वोन्पोहरु सँगको लामो खोज अन्तरक्रिया पछि उहाँले तामाङ समुदायले पुर्णिमा अनुसारको महिनाको नामहरु राख्दै आएको र हरेक पुर्णिमाको आ–आफ्नै महत्व रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार तामाङ समुदायमा विशेष गरि जानै पुर्णिमा (गोने ङया), कात्र्तिक पुर्णिमा, चैत्र पुर्णिमा र बैशाख पुर्णिमा गरि चार वटा पुर्णिमाको निक्कै महत्व रहेको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो हरेक पुर्णिमाको उत्तिकै महत्व रहे पनि हाम्रो तामाङ समुदाय भित्र यि चार वटा ङया अर्थात् पुर्णिमाको विशेष महत्व रहेको प्रष्ट पार्नुभयो । यि पुर्णिमाहरुमा तामाङहरुले आफ्नो अध्यात्मिक धर्मको अभ्याससँग जोडिएर हेर्ने गर्दछन् । बौद्ध धर्मको मन्यताअनुसार गुरुअनुसार गुरु रेन्पोषेसँग सम्बन्धित रहेको छ । यि मध्ये गोने ङया अर्थात् गो भन्नाले ढोका, ने भन्नाले तिर्थस्थल अझ तामाङ भाषामा भन्ने हो भने सम्पूर्ण ला ला म्राप ठोङपा (तीर्थस्थलहरुको ढोका खोल्ने) भन्ने बुझिन्छ । उहाँको अनुसार तामाङहरुले परापूर्वकालदेखि नै मनिदै आएको पनि बताउनुभयो । उहाँले यो दिनमा वोन्पोले आफ्नो रितिरिवाज, संस्कार अुनसार विभिन्न तीर्थस्थल विशेष गरि कैलाशपर्वत्मा गइ गुरुको दर्शन गरि आफूलाई शुद्ध बनाउने र मनसरोवारमा गइ डुवुल्की मार्ने अनि आफुलाई शुद्ध गरि फर्किने आफनो सामनहरुको पुुजा शुद्धिकरण गरि वाड लिई गाउँ फर्किने गरेको बताउनुभयो । पर्वतकैलाश धेरै टाढा भएकोले अहिले चाहि वोन्पोहरुले आफ्नो नजिकमा रहेको तीर्थस्थलहरुको भ्रमण गरि आफूलाई शुद्ध गर्ने गरेको बताउनुभयो । उहाँले वोन्पोहरुले आफ्नो तामाङसालिङ भित्रको विभिन्न तिर्थस्थलहरुको भ्रमण गर्ने गर्दछन् । उहाँले वोन्पोहरुले आफ्नो गुरुहरुबाट लिएको अशिर्वादलाई गाउँ ठाउँको बालीनाली पशुपंषीलाई राम्रो होस् सम्पूर्ण देवीदेउतालाई राम्रो होस भनि वुम्बाको पानी छर्काउने गरेको बताउनुभयो । समाज र वोन्पोको बीचको सम्बन्धको विषयमा उहाँले विस्तुत रुपमा बताउनुभएको थियो ।
त्यस्तै गरि लामाहरुले पनि छेपा च्युई छो फुल गुरु रोन्पोषेको दर्शन गर्ने गर्दछन् । यो दिनमा विशेष गरि तामाङहरुले गुम्बा, माने जस्तो धार्मिक स्थलहरुमा लामागुरुमार्फत् छो फुल्पा गर्ने गरेको पाइएको उहाँले बताउनुभयो । उहाँले यसरी तामाङ समुदायबीच आफ्नो इतिहास, रितिरिवाज र संस्कृति रहँदै आएको उल्लेख गर्नुभयो । आफ्नो भनाई राख्ने क्रममा उहाँले तामाङ हाम्रो पहिचान (चिनारी) रहेको बताउनुभयो । तामाङ हुनको लागि तामाङ, भाषा, तामाङको रितिरिवाज, चलचलन, भेषभुषा, कला, साहित्य सबै पहिचानको आधार हुन । संस्कृति भन्नाले मूल्य र मन्यता, शैलि, अचारण, बोलिचाली, हाउभाउ आदि जस्तो पहिचानले तामाङ भनेर चिनिन्छ भनेर बताउनुभयो । उहाँले तामाङको पहिचान छुट्टै रहने बताउनुभयो । उहाँले कार्यक्रमको बीचमा सोधिएको प्रश्नहरुको समेत उत्तर दिनुभएको थियो ।
प्रमुख अतिथिको रुपमा रहनुभएका नेपाल तामाङ घेदुङका संघीय अध्यष मोहन गोलेले गोने ङयाको विषयमा आफ्नो धारणाहरु राख्नुभएको थियो । उहाँले तामाङ समुदायबीचमा गोने ङयाको छुट्टै महत्व रहँदै आएको बताउँदै यस्तो प्रभावकारी कार्यक्रम संचालन गर्नुभएकोमा धन्यवाद समेत दिनुभएको थियोे । उहाँले तामाङ ज्ञान दिवस र तामाङको पहिचान सन्दर्भमा आफ्नो भनाईहरु राख्नुभयो । उहाँले तामाङ समाजको पौराणिक इतिहासको मान्यता राख्नुभयो । प्राप्त खोज अनुसान्धन हाम्रा पुर्वजहरुले विभिन्न माध्यमबाट विभिन्न प्रयोगात्मक ज्ञानहरु सिक्दै यहाँसम्म आईपुगेको बताउनुभयो । उहाँले तामाङले आफ्नो ज्ञानको खेती गर्नुपर्ने बताउनुभयो । समाजमा रहँदै आएको रितिरिवाज, संस्कृतिको ज्ञानलाई निरन्तर अगाडि बढाउँदै लैजानुपर्ने समेत बताउनुभयो । उहाँले राज्यसंयन्त्र, हिन्दु धर्मको प्रभावले हामी छायाँमा परेको र अर्को विश्व पुँजीवादी प्रवृत्तिले गर्दा हाम्रो संस्कार संस्कृतिमा निक्कै प्रभाव पार्द हाम्रो तामाङ जीवन ज्ञानलाई बचाउन निक्कै गाह्रो भएको बताउनुभयो । उहाँले आफ्नो भूमि र आफ्नो सत्ता हुन सकेन भने ज्ञान संस्कार बचाउन नसकिने तितो यथार्थ कुरा पनि बताउनुभयो । उहाँले निरन्तर तामाङको अगामी पुस्ताहरुले तामाङ भाषाको ज्ञान, शिषा दिलाउन नसकेको बताउँदै यदि तामाङको ज्ञानलाई विस्तार गर्न सकेन भने तामाङ समुदायले पछि निक्कै दुख पाउने पनि बताउनुभयो । रीतिरिवाजमा विक्रृति विसंगतिले गर्दा तामाङ समुदायको बीचमा आपठ्यारो पाएको छ । उहाँले गम्भिर ढंगले आफ्नो तामाङ ज्ञान, संस्कार, संस्कृतिको संरषण र सम्बद्र्धन गर्नुपर्ने बताउनुभएको छ । अबको दिनमा निरन्तर तामाङको ज्ञानलाई वृद्धि र विकास गर्दै अगाडि बढ्ने बताउनुभयो ।
कुमार घिसिङले गोने ङयाको विषयमा आयोजना गरिएको यस कार्यक्रम निक्कै प्रभावकारी रहेको बताउनुभयो उहाँले हरेक वर्ष यस्तो कार्यक्रम राख्नुपार्ने बताउँदै उहाँले तामाङ पहिचान दिवसको शुभकामना दिनुभएको थियो ।
कार्यक्रमका सभापति नेपाल तामाङ घेदुङ इजरायलका सिता कुमारी घिसिङले भार्चुअल कार्यक्रमा सहभागी हुनुभएको विभिन्न संघसंस्थाका पदाधिकारीहरु, संस्थाका पूर्वपदाधिकारीहरु, सञ्चार माध्यमका प्रतिनिधिहरु एवं अन्य महानुभवहरुमा धन्यवाद प्रकट गर्नुभएको थियो ।
उहाँले तामाङ समुदायबीच रहेको ज्ञान कसरी संरषण संवद्र्धन गर्न सकिन्छ भनि आफ्नो संस्थाले यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले हाम्रो इतिहास, पहिचानको विषयमा ज्ञानबद्र्धक होस भनेर कार्यक्रम संचालन गरेको समेत बताउनुभयो । देश तथा विदेशमा रहेको तामाङहरुको यस्तै कार्यक्रमलाई निरन्तर गर्दै जाने र अरुहरुले पनि यस्तै कार्यक्रमको अयोजना संचालन गर्नुपर्ने बताउनुभएको थियो । उहाँले आफूहरुले संचालन गरेको कार्यक्रमले तामाङ ज्ञानको संरषण संवद्र्धन गर्दै पहिचान अगाडि बढ्न टेवा मिल्ने बताउनुभएको थियो ।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ भाद्र १०

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ भाद्र १०

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ भाद्र १०

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP