२०८२ फाल्गुन २५
March 9, 2026, Monday

नेपाल टेलिकमले एसइईका विद्यार्थीलाई निःशुल्क अफर सिम दिने

नेपाल टेलिकमले एसइईका विद्यार्थीलाई निःशुल्क अफर सिम दिने

कोशीपारी अनलाईन संवाददाता, काठमाण्डौं
साउन २५, २०७८

नेपाल टेलिकमले एसइईका विद्यार्थीहरुका लागि एसइई अफर सहितको निःशुल्क सिम उपलब्ध गराउने भएको छ। 

नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क सिम उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ। विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम भए सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्था  मिलाएको छ। 

नयाँ सिम पाउनका लागि विद्यार्थीले कक्षा १० को कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ। 

टेलिकमले सिममा सोही नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न मिल्ने सुविधा दिएको छ। 

यस अनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्रयोगकर्तालाई प्राप्त हुनेछ। उल्लिखित सुविधाहरु नेपाल टेलिकमको नेटवर्कमा मात्र लागु हुनेछ। 

अफर भएको सिममा रिचार्ज गर्दा समेत बोनस सुविधा पाउन सकिन्छ। ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा ५०० एमबी डाटा, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा छ। 

यो सुविधा ६ महिनासम्मको रिचार्जमा उपलब्ध हुने र बोनसवापत पाइने सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु टेलिकमले जानकारी दिएको छ । हाललाई एसइई अफर सहितको नयाँ सिम तीन महिनासम्म उपलब्ध हुनेछ। 

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ श्रावण २५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ श्रावण २५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ श्रावण २५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP