२०८२ फाल्गुन २९
March 13, 2026, Friday

जति सक्रिय आमा, त्यति नै फूर्तिलो बच्चा

जति सक्रिय आमा, त्यति नै फूर्तिलो बच्चा

कोशीपारी अनलाईन संवाददाता/ काठमाण्डौं
२५ असार, २०७८

आमा जति सक्रिय हुन्छन्, उनको बच्चा पनि शारीरिक रुपमा त्यती नै सक्रिय हुने एक अध्ययनले देखाएको छ । ब्रिटेनमा ५०० महिला र उनीहरुका चार वर्षका बच्चामा अध्ययन गरिएको थियो ।

क्याम्ब्रिज र साउथह्याम्पटन विश्वविद्यालयका शोधहरुले अध्ययनका क्रममा सातदिनसम्म मुटुको गति मापन गरेका थिए । पीडियाट्रिक्स जनरलमा छापिएको शोधका भनिएको छ–‘बच्चाको स्वास्थ्य सुधारका लागि बनाइने नीतिलाई आमामा केन्द्रीत गर्नुपर्छ ।’

अध्ययनका अनुसार बच्चा ‘प्राकितिक रुपमा सक्रिय’ हुँदैनन् । जीवनको सुरुवातमै बच्चामा व्यायाम गर्ने बानी विकास गर्नु अविभावकहरुको महत्वपूर्ण जिम्मेजारी हुन्छ ।
अध्ययनका क्रममा साउथह्याम्पटनका ५ सय ५४ चार वर्षका बच्चा र उनीहरुको आमाको एक सातासम्म छातिमा एक एक्सेलोमिटर र हार्ट रेट मोनिटर राखिएको थियो । उनीहरुले यसलाई सुत्दा र पानीमा खेल्दा समेत लगाइरहे ।

शोधको सह नेतृत्व गरेका हाल लण्डनको युनिभर्सिटी कलेजमा इन्स्टिच्यूट अफ चाइल्ड हेल्थकेयरमा रिसर्च एशोसिएट क्याथरीन हेसकेथले भन्छन–‘आमा र बच्चाबाट पाइएको तथ्यांकमा उनीहरुको शारीरिक गतिविधिबीच सिधा र सकारात्मक सम्वन्ध देखिएको छ ।’ उनी थप्छन्–‘आमा जति सक्रिय हुन्छन्, त्यति नै बच्चा पनि हुन्छन् ।’

यद्यपि यो अध्यननमा सक्रिय बच्चा आफ्नो आमालाई आफ्नो पछि आउन बाध्य गर्न सक्छ ? भन्ने प्रश्नका जवाफ सम्भव भएन । तर, एकको सक्रियताले अर्कोलाई प्रभाव पार्नसक्छ । जस्तो कि आमा दैनिक एक घण्टाभन्दा बढी सक्रिय हुन्छन् भने उनको बच्चा १० मिनेट सक्रिय हुन्छन् । यो तथ्य सामान्य लाग्न सक्छ तर, एक महिना र वर्षमा हेर्दा उल्लेखनीय हुन्छ । एजेन्सी

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०७८ असार २५

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०७८ असार २५

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०७८ असार २५

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP