१९ असार २०७८, कोशीआरि अनलाइन संवाददाता/काठमाडौं सरकारले चीनबाट खरिद गर्न लागेको कोभिडविरुद्धको खोपको केही मात्रा आगामी शुक्रबार नेपाल ल्याइने भएको छ। खोप आयातका लागि नेपाल वायुसेवा निगमको वाइड बडी जहाज बिहीबार बेइजिङ उड्ने निगमले जनाएको छ। निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले सरकारले १० लाख डोज खोप ल्याउने गरी जहाजको तयारी गर्न निर्देशन दिएको जानकारी दिए ‘पहिलो चरणअन्तर्गत १० लाख डोज खोप लिन निगमको जहाज आउँदो बिहीबार बेलुका ११ बजे गएर शुक्रबार आइपुग्छ’, पौडेलले भने, ‘चीनबाट कल ३० लाख डोज खोप ल्याइनेछ।’ यसअघि चीन सरकारले अनुदान स्वरूप १८ लाख डोज खोप दिइसकेको छ। पहिलो लट ८ लाख गत चैत र दोस्रो लट १० लाख जेठमा ल्याइएको थियो। भारतले १० लाख डोज खोपका लागि अग्रिम भुक्तानी लिएर पनि खोप उपलब्ध गराउन नसकेपछि सरकारले चीनसँग पहल चालेको हो।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...