२०८२ फाल्गुन २८
March 12, 2026, Thursday
युरोकप २०२०

बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा

१९ असार २०७८, कोशीपारी अनलाइन संवाददाता/ काठमाडौ– बेल्जियमलाई हराउँदै उपाधि दाबेदार इटालीले यूरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा लिएको २-१ को अग्रता जोगाउँदै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो ।

अब फाइनल प्रवेशका लागि इटालीले स्पेनसँग खेल्नेछ । शुक्रबार राति भएको  पहिलो क्वाटरफाइनल खेलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको थियो । 

आज बिहान भएको दोस्रो क्वाटरफाइनल खेलमा इटालीलाई बिजयी बनाउन निकोलो बारेल र लोरेन इन्सिङ्गले १–१ गोल गरे । बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल फर्काए ।

पहिलो हाफ बेल्जियममाथि इटालीले २–१ को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक खेलको ३१  औं मिनटेमा निकोलोको गोलमा इटालीले अग्रता लिएको थियो । खेलको ४४ औं मिनेटमा लोरेनले अग्रता दोब्बर बनाए ।

खेलको ४७ औं मिनटेमा पेनाल्टी मार्फत लुकाकुले गोल गर्दै २–१ को अवस्थामा ल्याए । दाेस्राे हाफमा दुवै तर्फबाट गाेल भएन । 

खेलको १३ औं मिनेटमा इटालीका लियोनार्दो बुनिचीको प्रहारले जाली चुमेको थियो । तर भिएआरमा अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन । 

बेल्जियमले साविक विजेता पोर्चुगललाई हराउँदै क्वाटर फाइनल प्रवेश गर्दा इटालीले अष्ट्रियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको थियो । अब इटालीले सेमिफाइनलमा अर्का बिजेता स्पेन सङ्ग खेल्ने छ ।

Related News

राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
  • २०७८ असार १८

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमन गरेका छन् ।...

नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
  • २०७८ असार १८

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...

त्रिशूलीमा ५०औं अन्तर्राष्ट्रिय राफ्टिङ महोत्सव सम्पन्न, जल पर्यटन प्रवद्र्धन र नदी संरक्षणमा जोड
त्रिशूलीमा ५०औं अन्तर्राष्ट्रिय राफ्टिङ महोत्सव सम्पन्न, जल पर्यटन प्रवद्र्धन र नदी संरक्षणमा जोड
  • २०७८ असार १८

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ...

TOP