२०८२ फाल्गुन २९
March 13, 2026, Friday

निषेधाज्ञा एक साता थपियो, जोर विजोर प्रणाली अनुसार सवारी साधन चलाउन पाइने

निषेधाज्ञा एक साता थपियो, जोर विजोर प्रणाली अनुसार सवारी साधन चलाउन पाइने

६ असार २०७८, कोशीपारी अनलाइन संवाददाता /काठमाडौं – निषेधाज्ञा एक साता थप भएको छ । काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुले थपिएको निषेधाज्ञामा निजी सवारी साधनहरु जोर विजोर प्रणालीमा चलाउन पाउने निर्णय गरेका छन् ।

अवदेखि जोर दिनमा जोर नम्बर प्लेट भएका र विरोर दिनमा विजोर नम्बर प्लेट भएका सवारी साधन चलाउन पाइने भएको छ । त्यस्तै ट्याक्सीको हकमा पनि यहि नियम लागु हुनेछ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रसासनले गत बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्दै आएका थिए । संक्रमितको दर र मृत्युदर कम हुँदै गए पछि गत सातादेखि नै निषेधाज्ञालाई खुकुलो बनाइएको थियो । यस साता अत्यावस्यक क्षेत्रका सवारी साधनलाई मात्रै आवतजावत गर्न दिइएकोमा भोलिदेखि जोर विजोर प्रणालीमा सबैलाई आवतजावत गर्न पाउने छन् ।

सवारी साधन सँगै पसलहरुलाई पनि बार अनुसार खोल्न दिइने निर्णय भएको छ । भोलिदेखि लागु हुने गरी आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय,  घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।

बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको छ । खाद्यान्न, फलफूल र तरकारी पसल हरेक दिन ११ बजेसम्म खुल्नेछ ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०७८ असार ६

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०७८ असार ६

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०७८ असार ६

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP