५ असार२०७८, निर्मला तामाङ, कोशीपारी अनलाइन संवाददाता / सिन्धुपाल्चोक – विपद्का नाममा चन्दा संकलन, राहत वा सहयोग संकलन नगर्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गरेको छ । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढी पहिरोको कारण ठूलो धनजनको क्षति भएपछि विभिन्न ठाउँमा राहत संकलनको कार्य भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक प्रेस विज्ञप्ति जारी गर्दै विपद्का नाममा चन्दा, राहत वा सहयोग संकलन कार्य भइरहेको पाइएको भन्दै त्यसो नगर्न चेतावनी दिएको हो ।
अनुमति लिई वा नलिई विपद्का नाममा चन्दा, राहत वा सहयोग संकलन गर्ने कार्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २४(१)(ख) अनुसार कसूर हुने भन्दै त्यस्तो कार्य नगर्न र गरिएको पाए जानकारी दिन पनि प्रशासनले आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तो कार्य गर्नेलाई कसूरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था भएकाले यस्ता गलत क्रियाकलाप नगर्न नगराउन, भए गरेको पाइए जानकारी वा सूचना नजिकैको प्रहरी कार्यालय वा मोवाइल नम्बर ९८४१३९२८८३ मा जानकारी गराइदिन सर्वसाधारण सबैसँग अनुरोध छ ।’
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...