३१ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौं– आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो।
इन्द्रै बिन्ति गरुन् झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो।। राष्ट्रिय सहकारी बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा सहकारी अभियानका अगुवा राजेशहरि जोशीको निधन भएको छ । ६६ बर्षको उमेरमा उनको असामयिक निधन भएको हो ।
जोशी ललितपुरको गाःबहालमा अन्य लब्धप्रतिष्ठित व्यक्तिहरुसमेत सञ्चालक रहेको समूदायमा आधारित नेशनल डेभलपमेन्ट को–अपरेटिभ सोसाइटी लिमिटेडको कार्यकारी अध्यक्ष थिए ।
जोशी जिल्ला सहकारी संघ लिमिटेड ललितपुरका सल्लाहकार, नेशनल को–अपरेटर्स एलाइन्सका सह–अध्यक्षलगायत दर्जन जति प्राराम्भीक सहकारी संस्थाको सल्लाहकार थिए ।
उनी हेटौंडामा मूख्य कार्यालय रहेको तत्कालिन वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको संस्थापक सञ्चालक समेत हुन । उक्त फाइनान्स स्थापनमा उनको ठूलो भूमिका थियो । त्यस्तै हेटौंडामै रहेको मकवानपुर बचत तथा ऋण सहकारी संस्था समेत उनकै पहलमा स्थापना भएको थियो ।
दुई दशक भन्दा बढी समयदेखि सहकारी क्षेत्रमा क्रियाशिल जोशीले सहकारी अभियानका हरेक गतिविधिमा सक्रिय योगदान पु¥याउँदै आएका थिए । समाजसेवाका क्षेत्रमा समेत उनको नाम अग्रपंक्तिमा रहेको । उनको निधनको खबरले पुरै सहकारी क्षेत्रलाई नै स्तब्ध बनाएको छ ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...