२०८२ फाल्गुन २५
March 9, 2026, Monday

सहकारीले ऋणी सदस्यलाई ब्याजमा १० प्रतिशत छुट दिनुपर्ने

सहकारीले ऋणी सदस्यलाई ब्याजमा १० प्रतिशत छुट दिनुपर्ने

३१ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता बनेपा,काभ्रे-पनौती नगरपालिकाको नियमन क्षेत्राधिकारभित्रका सहकारीले ऋणी सदस्यलाई व्याजमा १० प्रतिशत छुट दिनुपर्ने भएको छ ।

नगरपालिकाको नियमनमा रहेका सहकारीले सदस्यलाई बैशाख, जेठ र असार महिनामा पाकेको व्याजमा १० प्रतिशत छुट दिनुपर्ने भएको हो ।

नगरपालिकाको सहकारी विकास समिति अन्तर्गत रहेको बचत तथा ऋण उपसमितिको जेठ २९ गते बसेको भर्चुअल बैठकले सहकारीलाई बैशाख, जेठ र असार महिनामा लाग्ने हर्जना समेत मिनाहा गर्न निर्देशन दिएको छ ।

कोरोना भाईरस (कोभिड–१९) महामारीको दोस्रो लहरले सिर्जना गरेको विषम परिस्थितिमा सहकारी संस्थाको भावि योजना तथा ऋण व्यवस्थापन विषयमा छलफल गर्न आयोजित बैठकले सहकारीलाई पाँच बुँदे निर्देशन जारी गरेको छ ।

नगरपालिकाको सहकारी शाखाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले हस्ताक्षर गर्नुभएको निर्देशनमा सहकारीलाई असार १ गतेबाट स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर सीमित जनशक्तिमार्फत सेवा प्रवाह गर्न भनिएको छ ।

यसैगरी कोरोना नियन्त्रण गर्न प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको अवधिमा भाखा नाघेर ऋण तिर्न नसकेका सदस्यले अनुरोध गरेको अवस्थामा उनीहरुलाई बढीमा ६ महिना सम्म ऋण तिर्ने भाखा थप गर्न सहकारीलाई निर्देशन दिएको छ ।

नगरपालिकाले सहकारीलाई आफ्ना सदस्यलाई राहत सुविधा उपलब्ध गराउन विपत् व्यवस्थापन कोष स्थापना गर्न निर्देशन दिएको छ ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ जेष्ठ ३१

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ जेष्ठ ३१

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ जेष्ठ ३१

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP